रुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ६ गते, आईतवार २०:३०

लुम्बिनी – रुपन्देहीको बुटवलमा भएको “बुटवल कोरा २०२४” साइकल यात्रामा सहभागी करिब २०० जनालाई नेपाल डेरी एसोसिएसनको सदस्य डेरी उद्योग सिद्धार्थ डेरी उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण (खिम) भट्टराईज्युले नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई निरन्तरता दिंदै नि:शुल्क मोही बितरण गर्नुभएको छ ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान अत्यन्तै राम्रो कार्य भएकोले उक्त कार्यको समर्थन गर्दै साइकल यात्रीलाई मोही वितरण गरिएको कुरा निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताए । यसरी केन्द्रले गरेक्क कार्यमा साथ दिइएकोमा निवर्तमान प्रदेश अध्यक्ष लगायत सम्पूर्णमा बिशेष आभारका साथ धन्यवाद व्यक्त गर्दै मोही अभियानले पुर्ण सफलता पाएको र सबै साथीहरू उत्तिकै साथ दिइएकोमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल खुशी व्यक्त गरे । आगामी दिनमा पनि यसरी नै यस्तै किसिमको साथ र सहयोगको सबैको मिल्ने कुराको आफूले अपेक्षा गरेको कुरा केन्द्रिय महासचिव हेमचन्द्र खनालले बताए ।

लुम्बिनी प्रदेशमा दुध तथा दुग्ध पदार्थको उपभोग बढाउन समय समयमा हस्पिटल, स्कुल, आश्रम लगायतका विभिन्न स्थानमा एसोसिएसनका विशेष अवसरमा वितरण गरिने कुरा एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु