साउन-६ सेन्ट जर्ज स्कुल हाँडीगाउँमा विविध कार्यक्रम सहित गुरुपूर्णिमा कार्यक्रम भब्यताका साथ मनाइयो ।
विद्यार्थीहरुले गुरुहरुलाई विभिन्न किसिमका उपहार दिई सादा जिन्दगानीलाई रङ्गिन फूलबुट्टाले सजाईदिने हजुरहरु हाम्राे लागि संसार देखाउने ज्याेति हुनुहुन्छ भन्दै शुभकामना दिएर गुरुहरुबाट आशिर्वाद लिएका थिए। शिक्षकहरुले पनि विद्यार्थीहरुले आयोजना गरेका कार्यक्रममा साथ दिएका थिए।
यसरी कार्यक्रम गर्दा चेला र गुरुबिचकाे सम्बन्ध प्रगाढ हुने र एकअर्कालाई नजिकबाट चिन्न सकिने कुरा विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईले बताउनुभयो । गुरु र शिक्षककाे सम्बन्ध भनेकाे नङ र मासुकाे जस्तै हाे। एक अर्कामा अत्यन्तै घनिष्ठ सम्बन्ध रहेकाे हुन्छ। विद्यार्थीहरुले गुरुहरुलाइ ध्यानाकर्षण गराउदै “स्पाेन रेस “प्रतियाेगिता राखेका थिए। त्यस खेलमा शिक्षकहरु क्रमशः प्रथम अनुस्का गुरुङ,दाेस्राे उर्मिला काफ्ले र तेस्राे अमिता ढकाल भएका थिए।
सबै बालबालिकाकाे भविष्य सुन्दर बनाउने गुरु र असल शिक्षा ग्रहण गर्ने चेला बिचकाे सम्बन्ध राम्रो बनाउनुकाे साथ साथै यस्ता खालका कार्यक्रमले बालबालिकाहरुलाई हाम्रो परम्परा ,संस्कृति ,रीतिरिवाजकाेबारेमा पनि राम्रोसँग बुझ्ने र बुझाउने माैका मिलेकाे हुन्छ भन्ने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद दाहालले बताए ।