सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ७ गते, सोमबार १६:४६

काठमाडौं ।सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मान गरेको छ । सिद्धिश्वरमान उत्कृष्ट सुचना साधक २०८१ सम्मानबाट सामुदायिक सूचना नेटवर्क (सीआईएन) का म्यानेजर दीपक आचार्य सम्मानित हुनुभएको छ भने ४ जनालाई पुरस्कार सहित सम्मान प्रदान गरिएको छ । सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले एक कार्यक्रमकाबीच आचार्य सहित बिभिन्न बिधामा उत्कृष्ट योगदान गरेका व्यक्तिहरूलाई सम्मानित गरेको हो । केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा समाजका, साध्यका, विभिन्न विधामा योगदान गरेका व्यक्ति र संस्थालाई सम्मान गरेको हो । सिद्धिश्वरमान चन्द्र–विष्णु अन्तर्राष्ट्रिय समाज साधक पुरस्कार श्रीमती तुलसी थापालाई प्रदान गरिएको छ भने सिद्धिश्वरमान मिलन–मुक्ति सर्वोकृष्ट समाजसेवी पुरस्कार विजय कुमार सिग्देललाई, सिद्धिश्वरमान–महेश्वरमान सर्वोकृष्ट उत्प्रेरक प्राध्यापक पुरस्कार डा. तिलक आचार्यलाई प्रदान गरिएको छ ।
त्यस्तै नेपालभाषा सँझ्याः सम्मान मनदेवी तण्डुकार, ध्रुव मधिकर्मी, मोतिलक्ष्मी शाक्य, सुरेश किरण मानन्धरलाई प्रदान गरिएको छ । केन्द्रका संरक्षक प्रा. डा. सावित्री श्रेष्ठले हालै काभ्रेपलाञ्चोक जिल्लाको दाप्चामा काभ्रे सेवा समाजद्वारा आयोजित “दाप्चा–नमोबुद्ध काव्य उत्सव” मा घोषणा गरे अनुसार सिद्धिश्वरमान सर्वोकृष्ट साहित्य सम्मान साधक बासुदेव अधिकारीलाई, सिद्धिश्वरमान उत्कृष्ट उत्प्रेरक समाज तथा शिक्षा साधक सम्मान रामबाबु नेपाललाई, सिद्धिश्वरमान उत्कृष्ट साहित्यिक संस्था उत्प्रेरणा सम्मान युद्ध प्रसाद मिश्र प्रतिष्ठान र पारिजात स्मृति केन्द्रलाई प्रदान गरिएको जानकारी दिनुभयो । समाजका बिभिन्न विधामा योगदान गरिरहेका रत्नहरूको खोजि गर्ने र छनोट गर्ने प्रकृयामा सहयोग गर्ने निर्णायक मण्डललाई धन्यवाद दिदै केन्द्रका संरक्षक प्रा. डा. श्रेष्ठले यो सम्मान कार्यक्रमले योगदानकर्ताहरूलाई उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्नुभयो । कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाको लोकार्पण पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु