एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ८ गते, मंगलवार १९:५८

काठमाडौं, ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । आज (मंगलबार) प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए ।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ । कांग्रेस–एमालेले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम भने टुङ्गाइसकेका छैनन् । संघीय सरकारको समीकरणमा आएको उलटफेरको प्रभावका कारण बागमतीमा पनि कांग्रेस–एमालेको सरकार गठन भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु