साउन,०८ जनकपुर । अर्थसँगै चारवटा मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।
मन्त्रालय बिस्तार संगै नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला समुह बाट सिराहा निर्वाचन क्षेत्र नं २ क का प्रदेश सदस्य जिवछी यादव संगै थप एक जना पनि राज्य मन्त्री बन्न लागेको विशेष स्रोत बाट जानकारी प्राप्त भएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठक बसिरहेका बेला मुख्यमन्त्री सतिशकुमार सिंहले संसदीय दलका नेता कृष्णा यादवसँग गरेको छलफलमा अर्थसहित चारवटा मन्त्रालय दिने प्रतिबद्धता जनाएपछि केहि दिन अगि सरकार विस्तार भएको हो ।
कांग्रेस जनार्दनसिंह क्षेत्रीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । त्यस्तै सुनीलप्रसाद यादव, शेषनारायण यादव र कौशल राय कांग्रेसबाट मन्त्री बनेका छन् ।
सरकार गठन हुने समयमै अर्थसहित चार मन्त्रालय दिने सहमति भए पनि मुख्यमन्त्री सिंहले विश्वासको मत लिएपछि अर्थ नदिने अडान लिँदा सरकार विस्तार हुन सकेको थिएन । त्यस्तै लोसपा पनि मधेश सरकारमा सहभागी भएको छ