दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार १३:०३

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ ।

दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक दलका सदस्य रहेको बताइएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान करिब ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

जाहजका क्याप्टेन मनिष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंलमा लगिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु