तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १० गते, बिहीबार ८:३९

काठमाडौं । समाजसेवी, व्यवसायी एवम् युवा नेता थुप्चेन ग्याल्पो लामाले अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । आफनो जन्मदिन मनाउने क्रममा उनले उक्त सहयोग गरेका हुन । बुधवार गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णमा अवस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र शंकरापुर नगरपालिका स्थित सलम्बुटारमा अवस्थित द्धन्द्ध पिडित एवम् अपाङ्ग समाज नेपालमा आश्रित बालबालिकाहरुलाई आलु, प्याज, चिउरा, बिस्कुट, भुजिया, चाउचाउ, दालमोढ लगायतका तरकारीजन्य एवम् तयारी खाद्यान्न हस्ताण्तरण गरेका हुन ।

त्यसो त लामाको जन्मदिन मनाउन आमन्त्रित बरिष्ठ समाजसेवी एवम् पर्यटन व्यवसायी मिङ्मा दोर्जे शेर्पा र महिला व्यवसायी, गितकार एवम् समाजसेवी सत्यकला लामाले समेत उक्त सहयोग हस्ताण्तरण कार्यक्रम माझ आफनोतर्फबाट खाद्यान्न सहयोग उपलब्ध गराउनुभएको थियो । कवि एवम् बरिष्ठ पत्रकार सरोज ओझासहित थुप्चेन ग्याल्पोका परिवारिक सदस्यहरु समेतको उपस्थिती एवम् सहयोग तथा समन्वयमा उक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा खाद्यान्न मध्ये केही सामाग्री बालबालिकालाई प्रत्यक्ष वितरण गरिएको थियो भने संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका संस्थापक एवम् अध्यक्ष तिल बहादुर कार्की र द्धन्द्ध पिडित एवम् अपाङ्ग समाज नेपालका संस्थापक एवम् अध्यक्ष युवराज थापालाई हस्ताण्तरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु