पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कश्यप एकेडेमी स्कुलमा बृहत रक्तदान कार्यक्रम हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ११ गते, शुक्रबार १९:३३

काठमाडौं । मैत्रीनगर–२, कलंकीमा रहेको कश्यप एकेडेमीको सहयोगमा शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

लायन्स एवं लियो क्लब अफ़ काठमांडू अग्रणीको आयोजना तथा कश्यप एकेडेमी स्कुलको सहयोगमा स्कुल परिसरमा शनिबार बिहान १०.३० बजे देखि रक्तदान कार्यक्रम हुन लागेको हो ।

निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको बिद्यालयलका प्राचार्य एवं क्लबका पुर्ब अध्यक्ष आर बि अधिकारीले बताएका छन् ।

कार्यक्रमा सहभागी भई रक्तदान गरि कार्यक्रमलाई भब्यताका साथ सफलपार्न शिक्षक ,कर्मचारी, अभिभावक एवं समग्र शुभेच्छुक महानुभावहरुमा सबैलाई प्राचार्य अधिकारीले अनुरोध गरेका छन।

कश्यप एकेडेमीले छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरी समाजका लागी पनी योग, ध्यान कार्यक्रम, विभिन्न सचेतना मूलक कार्यक्रम , रक्तदान कार्यक्रम एवं निशुल्क स्वस्थ्य शिविर जस्ता कार्यक्रम हरु संचालन गरी सामाजिक उत्तरदायी संस्थाको रूपमा आफूलाई स्थापित गारिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु