इण्डिया इन्टरनेशनल मार्टमा टानको सहभागीता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १३ गते, आईतवार ०८:२६

काठमाडौँ, १३ साउन । भारतको बैङलोरमा जारी ‘इण्डिया इन्टरनेशनल मार्ट–२०२४’मा नेपालले सहभागीता जनाएको छ ।

दक्षिण भारतको बैङ्लोरमा जुलाई २६ देखि २८ सम्म सञ्चालित इण्डिया इन्टरनेशनल मार्टमा ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले सहभागीता जनाएको हो ।

इण्डिया इन्टरनेशनल मार्टमा टानअन्तर्गत रहेका नौ ट्रेकिङ तथा ट्राभल कम्पनीले सहभागीता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।

टानका अनुसार इनच्यान्टेड यात्रा प्रालि, इन्डोमेड ट्राभल्स प्रालि, वेल नेपाल ट्रेक प्रालि, नेपाल सोसियल ट्रेक एण्ड एक्सपीडिसन प्रालि, मिसन नेपाल होलिडे प्रालि, हिमालयन योगी एडभेन्चर प्रालि, नेपाल विग माउण्टेन ट्राभल प्रालि, माउण्टेन टाइगर नेपाल प्रालि र जुगल होलीडेले उक्त मार्टमा सहभागीता जनाएका छन् ।

टानका कार्यकारी समितिका सदस्य रामप्रसाद वन्जाराको नेतृत्वमा मार्टमा सहभागी भएको टानको टोलीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

यसअघि टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित नेतृत्वमा भारतका विभिन्न पर्यटन मेलामा सहभागीता जनाउँदै आएपनि यसपटक भने बन्जाराको नेतृत्वमा टानले उक्त कार्यक्रममा भाग लिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु