दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्र चन्डींगढको १२औ क्षेत्रिय अधिवेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १३ गते, आईतवार १८:२६

चन्डींगढ- नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्र चन्डींगढको १२औ क्षेत्रिय अधिवेशन दिनाँक २९ जुलाई सन २०२४ को घोषणा सभाको अध्यक्षता पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष श्री खुम प्रसाद काफ्ले ज्यु र संचालक क्षेत्रिय महासचिव श्री गोविन्द प्रसाद भटराई ज्यु लेगर्नु भएको थियो प्रमुख अतीथि नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कार्यक्रम को उद्घाटन गर्नु भएको थियो कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने बातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफुमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संबिधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा शुरुदेखी आफुले उठाएको बताए ।
हरेक ६/६ महिनामा भैरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो । कोइरालाले भने-“केवल सत्ता टिकाउँन सधै साना-साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने बिषयलाई उठाएको हुँ ।” कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए ।
“कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर बिरोध गर्नुपर्छ” – कोइरालाले भने ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा कोइरालाले निरंकुशता बिरोधि हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए ।

नेपाली जनसम्पर्क समितिका समस्या हरुलाइ समाधान गर्ने र अझै थप अधिकार दिएर जनसम्पर्क समितिलाइ अझ ससक्त बनाउन अफु पहल गर्ने बताउनु भयो। “भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पुर्ण नेपालीहरुले पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु”- कोइरालाले भने साथै नयाँ निर्बाचित कार्यसमितिलाई शुभकामना दिनु भएको थियो ।

विशेष अतिथि माननीय मनिषतिवारीले नेपाल भारत समन्ध नेपाली हरुले पुर्याउनु भएको योगदानको उक्च सम्मान गर्दै भारतमा रहेका नेपाली हरुको समस्या समाधान गर्न आफू सदा तत्पर रहेको बताएका थिए। विशेष अतिथि नेका पुर्ब केन्द्रिय सदस्य एबम नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेजसले समितिले गरेको योगदान समितिक भाबी योजना र प्रबासी नेपाली हरुलाइ सदा सेवामा लाग्न समितिमा आपसी सदभाब मेलमिलाप को नीति लियेर काम गर्ने समितीका कार्यकत्तालाइ निर्देश दिनु भएको थियो।

४८ बष देखि समितिले नेपाली काङ्ग्रेस देशको लागि गरेको योगदानको पाटिले मुल्यक नगरेको ले अब पाटिले मुल्यांकन नगरे समितिले नया विकल्प खोज्नु बाध्य भएको बताउनु भयो। नयाँ निबाचित कार्य समितिलाइ जनसेवामा लाग्दै गुट उपगुट्मा नलाग्न पनि निर्देश दुनु भएको थियो। कार्यक्रममा गङाराम भन्डारी केन्द्रीय उपाध्यक्ष श्री कमल सापकोटा ज्यु र्पुव केन्द्रीय अध्यक्ष श्री यदुनाथ पान्डेय ज्यु, महाअधिबेशन प्रतिनिधि श्री आनन्द न्यौपाने ज्यु श्री प्रेम कुमार संतोषी ज्यु, सह महामंत्री श्री जिवलाल भटराई ज्यु, केन्द्रीय प्रवक्ता श्री उमेश प्रसाद काफ्ले ज्यु, केन्द्रीय संपादक श्री तारा बेलवासे ज्यु, केन्द्रीय सदस्य श्री धर्मागत काफ्ले ज्यु, केन्द्रीय कार्यलय सचिव/ केन्द्रीय सदस्य श्री तारापति न्यौपाने ज्यु, केन्द्रीय सदस्य श्री कमल डांगी ज्यु, केन्द्रीय सदस्य श्री रामलला न्यौपाने ज्यु, केन्द्रीय सदस्य श्री राम प्रसाद डुर्मे ज्यु, हरु को पनि उपस्थिति रहेको थियो।

र उक्त अधिवेशन बन्दशत्र कार्यक्रम मा क्षेत्रिय अधिवेशन प्रतिनिधि, साखा समिति, उप साखा समिति, महिला साखा समिति का संर्पुण ४०५ जना प्रतिनिधि साथिहरु उपस्तिथि रहेको थियो । भने घोषण सभामा हजारौंको सहभागीता थियो अधिबेशन बाट सर्बसहमतिले नयाँ कार्य समिती चएन भएको छ।

नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिम क्षेत्र चण्डीगढको बाहाैं अधिवेशन राजु चन्द ठकुरीको अध्यक्षतामा अठार सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको छ ।
पश्चिम क्षेत्र स्थित चण्डीगढमा सम्पन्न सम्मेलनले देबि राम खनाल,ढाका राम पौडेल, बुद्धि नाथ ढकाल, हेमन्त डांगी, छविलाल पाठक, युवराज अर्याल ,गोविन्द प्र,भटराई,खेम चन्द सुवदी, मदन बहादुर बम, ललीत गिरी, ललित खत्रि, मान सिंह डांगी, बालाकृष्ण भुसाल, लेख नाथ पराजुली, टाम लाल पोखरेल, राम बहादुर कुंवर, कृष्ण प्रसाद पौडेल, भिम लाल भुसाललाई सदस्य चयन गरेको छ ।

उमेस काफ्ले
प्रबक्ता
नेपाली जनसम्पर्क समिती भारत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु