काठमाडौं विश्वविद्यालयमा बीएस्सी कम्प्युटेश्नल म्याथेम्याटिक्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १४ गते, सोमबार १५:१४

काठमाडौं विश्वविद्यालय गणित विभागले सन् २०१७ देखि स्नातक तहमा बीएस्सी कम्प्युटेश्नल म्याथेम्याटिक्स कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रमले गणित र कम्प्युटर विज्ञानलाई प्रयोग गरी सूचना प्रविधि क्षेत्रमा आकर्षक अवसरहरूको सिर्जना गरेको छ । गणित बिभागका प्रमुख प्राध्यापक डा. रबिन्द्र कायस्थका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई इन्डस्ट्रियल म्याथेम्याटिक्स, कम्प्युटर साइन्स, साइबर सेक्युरिटी, डाटा साइन्स र कम्प्युटिङ जस्ता क्षेत्रमा उत्कृष्टता हासिल गर्न आवश्यक सीपहरू प्रदान गर्दै आएको छ।
प्रा. डा. कायस्थका अनुसार, कम्प्युटेश्नल म्याथेम्याटिक्सका स्नातकहरूले सफ्टवेयर डेभेलपर, इन्डस्ट्रि कंसलत्यान्ट, डाटा साइन्टिस्ट , डाटा इन्जिनियर, आईटी र सफ्टवेयर उद्योग विशेषज्ञ, लगानी अनुसन्धान विश्लेषक, कम्प्युटर मोडेलिङ विशेषज्ञ, व्यापार र मार्केटिङ विश्लेषकका रुपमा काम गर्ने अवसर प्राप्त गर्दछन ।
गणित बिभागका असिस्टेन्ट प्रोफेसर डा. गंगाराम फैजुका अनुसार यस कार्यक्रमका स्नातकहरू नेपाल र भारत लगायतका देशहरुका प्रतिष्ठित सफ्टवेयर उद्योगहरूमा काम गरिरहेका छन् । केहि स्नातकहरू जर्मनी तथा अमेरिकामा उच्च शिक्षा हाँसिल गरिरहेका छन् भने कोही स्नातकहरू एफ वन सफ्ट इन्टरनेशनल, सेडार गेट, पठाओ, इसेवा, फ्युज मेसिन, दराज, वाइजयाक, न्यूमेरिक माइन्ड, इन्स्पायरिङ ल्याब, र एक्सटेन्सो डाटा लगायतका आइ टि इन्डस्ट्रिहरुमा कार्यरत छन्।
डा. फैजुका अनुसार विद्यार्थीहरूले आईटी, सफ्टवेयर र वित्त जस्ता उद्योगहरूमा इन्टर्नशिपमार्फत व्यावहारिक अनुभव प्राप्त गरिरहेका छन् । यी इन्टर्नशिपहरू शैक्षिक शिक्षण र व्यावहारिक प्रयोगबीचको खाडललाई पूर्ति गर्न डिजाइन गरिएका हुन्।
गणित विभागले यसै शैक्षिक सत्रबाट बजारमा अत्यधिक माग रहेको ब्याचलर अफ डाटा साइन्स कार्यक्रम पनि संचालनमा ल्याएको छ ।
कार्यक्रमको बारेमा थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले काठमाडौं विश्वविद्यालयको गणित विभाग, धुलिखेल, काभ्रे, नेपालमा सम्पर्क गर्न सक्नुहुन्छ। अतिरिक्त विवरणहरू विश्वविद्यालयको वेबसाइटमा पनि फेला पार्न सकिन्छन् ।

Important Links:
math.ku.edu.np
sos.ku.edu.np/admission

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु