दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

सञ्चारकर्मी बिष्णु माया पौडेलको “साथी” बोलको तिज गीत सार्वजनिक (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १४ गते, सोमबार १९:२४

काठमाडौ । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् ।यसैक्रममा सञ्चारकर्मी कार्यक्रम संचालिका,मोडल तथा गायिका बिष्णु माया पौडेलको “साथी” बोलको तिज गीत सार्वजनिक भएको छ ।

बिष्णुमाया पौडेल युटुब च्यानलबाट पशुपति कोटिहोमबाट बाल योगेश्वर श्री बिजय कृष्णमुर्ति महाराजको बाहुलीबाट सोमबार गित बजाएर भिडियो सार्बजनिक गरिएको हो।

सार्बजनिक गरिएको “साथी गित “सगै उपस्थित भक्तजनहरु छमछमी नाचेर खुशी भएका थिए।।गायिका तथा सन्चारकर्मि बिष्णुमाया पौडेलले भिडियोबाट आउने सम्पुर्ण आम्दानी मानव सेवा फाउन्डेसन नेपाललाई हस्तान्तरण गर्ने बताउनुभएकोछ। छोरी घर र मामाघरलाई सहयोग गर्ने उदेश्यले भएको कोटिहोम कार्यक्रममा आफ्नो तर्फबाट पनि सहयोग गर्न पाउदा गायिका बिष्णुमाया पौडेल ले खुशी व्यक्त गर्नु भयो।

सोही अबसरमा मानव फाउन्डेसन नेपालले कोटिहोममा साथी गितका मुख्य टिमलाइ सम्मान गरेकोछ।सम्मानित हुनेहरूमा गायिका बिष्णुमाया पौडेल ,वरिष्ठ इडिटर टेकेन्द्र शाह,छायांकार रामकुमार केसि ,मोडल सुस्मा सिंह ,ज्योतिष डा.राजकुमार सुवेदी,टोखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहेकाछन।

बिष्णुमाया पौडेलको शब्द रहेको गीतमा समिक्षा अधिकारी र बिष्णुमाया पौडेलको स्वर रहेकोछ भने भिडियोमा चर्चित मोडल आभा थापा र सुस्मा सिंहको नृत्य तथा अभिनय रहेको छ। गीतमा आरबी केसिको म्युजिक निर्देशन अत्यन्त उत्कृष्ट देख्न सकिन्छ जुन गीतको एरेन्ज कृष्ण बाजुरालीको रहेको छ भने नृत्य निर्देशन दिपेश एस के को रहेको छ।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु