दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दारी ग्याङ फुटसल प्रतियोगिताको टिम दर्ता फारम खुल्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १८ गते, शुक्रबार ७:०२

सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरु समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टको लागि टिम दर्ता फारम खुलाएको छ । यहि मिति २०८१ भाद्र १४ र १५ गते हुन गईरहेको फुटसल टुर्नामेन्ट देश भरीका ३२ टिमले लिग चरण र त्यसपछी नकआउट चरणमा प्रतिस्पर्धा गर्ने छन ।

पहिलो संकरणको दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले आयोजना गर्न लाग्दै छ भने यो प्रतियोगीताको बिजेताले रु. ५०,००० को साथ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन। त्यस्तै उपबिजेताले रु ३०,००० को साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दारी ग्याङ सक्रिय सदस्य तथा दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले जानकारी गराउनु भयो ।

“परोपकारको लागि खेलकुद” शिर्षक दिइएको यो प्रतियोगिता सम्पन्न पश्चात बाकि रहेको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च हुने जानकारी दारी ग्याङ केन्द्रिय सदस्य तथा दारी ग्याङ फुटसल टुर्नामेन्ट ब्यबस्थापन समिती सदस्य महेश्वर घिमिरेले गराउनु भएको छ ।

दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो भने बिगतमा यो समुहले धेरै सामाजिक कार्य गर्दै आएको र भर्खरै दारी ग्याङ यु.के. को आर्थिक तथा सुहास डेन्टल केयरको प्राबिधिक सहयोगमा नुवाकोट लिखु गाँउपालिका-६ को एक बिद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरेको थियो । यसका अलावा दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रम देखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको यस समुहका केन्द्रिय सदस्य प्रवीण ज्ञवाली ले जानकारी गराउनु भयो ।

दारी ग्याङ फुटसलको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजक मार्फत उपलब्ध हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु