एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

नेपाल डेरी एसोसिएसनको मोही अभियानमा कृषिमन्त्रीको साथ”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १९ गते, शनिबार १६:२८

काठमाडौँ – साउन १९ , नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुन्छि विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ ।

दरबारमार्गको ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म प्रत्यक्ष ठेकीमा मोही तुल्याई खुवाउने अभियानमा कृषि तथा पशुपंछी विकास मन्त्री माननीय रामनाथ अधिकारी स्वयं उपस्थित भई मोही तुल्याई साथ दिनुभएको कुरा एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले बताए । मोही अभियानले देशैभरि रौनकता पाएको कुरा बताउँदै धेरै डेरी उद्योगहरुले ब्रान्डिङ गरी मोही बजारमा ल्याएको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।

आजभोलि एसोसिएसनले सुरु गरेको मोही अभियानका कारण विवाह, पार्टी, भोज,भतेर सबै शुभ कार्यमा मोहीले स्थान पाउने गरेको कुरा एसोसिएसनका सचिव शिवहरी आचार्यले बताए। उनले दर्पण ब्रान्डमा आफ्नो उत्पादन समेत सुरु गरेका छन् ।

हामी सबैले स्वदेशी उत्पादनलाई साथ दिइ हाम्रा हरेक शुभ कार्यक्रमहरूमा मोही अनिवार्य राख्दा त्यसले सबैलाई हौसला मिल्ने गर्दछ। नेपाल डेरी एसोसिएसनले विगत डेढ वर्षदेखि स्कुल, कलेज, सार्वजनिक कार्यक्रम सबैतिर मोही अभियान चलाइरहेको कुरा एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले बताए । एसोसिएसनले दूध तथा दुग्ध पदार्थ खपतको लागि विद्यालयमा उपभोग बढाउने उद्देश्यले कविता प्रतियोगिता, वक्तित्व कला प्रतियोगिता आदि विविध कार्यक्रम गर्ने गरेको कुरा एसोसिएसन सदस्य रविशरण थापाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु