काठमाडौँ – श्रावण १९ , नेपाल डेरी एसोसिएसनको केन्द्रिय बैठक केन्द्रिय कार्यालय शन्खमुल, ललितपुरमा सम्पन्न भयो।
बैठक केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालको अध्यक्षतामा बसी मेचीदेखि महाकालीसम्मका सातै प्रदेशका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। एसोसिएसनको केन्द्रीय बैठक ३/३ महिनामा बस्छ भने सचिवालयको नियमित बैठक १/१ महिनामा र आवश्यक अनुसार जति पटक पनि बस्ने गरेको कुरा महासचिव हेमचन्द्र खनालले जानकारी गराए ।
यस पटकको बैठकमा समसामयिक विषयदेखि अत्यन्त महत्वपूर्ण विषयहरुमा छलफल भएको कुरा केन्द्रीय सचिव शिवहरी आचार्यले बताए । यस पटकको बैठकमा एसोसिएसनले पाँच वर्षिय रणनीति तयार गर्ने महत्वपूर्ण निर्णय गरेको छ भने किसानलाई भुक्तानी गर्नुपर्ने कुरामा पनि घनिभूत छलफल गरि आफ्ना सदस्यहरूलाई समयमै भुक्तानी गर्ने एसोसिएसनले निर्देशन गर्ने कुरा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमलाले बताए ।
एसोसिएसनले नयाँ आ.ब. २०८१/८२ को लागि बजेट एवं वार्षिक कार्यक्रम पास गरेको कुरा उपमहासचिव विजय चौरसियाले जानकारी गराए ।