राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकिएको दिनानाथ शर्माको भनाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १९ गते, शनिबार १८:१३

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताए । उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । ‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण नीतिले गर्छ । यदि शिक्षा नीति नै गलत छ, सही शिक्षा नीति छैन भने परिणाम राम्रो आउँदैन । आज हामी चुकेको हाम्रो आफ्नो राष्ट्रिय शिक्षा नीति छैन । आफ्नो राष्ट्रको अनुकूल छैन,’– उनले भने ।

आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले त्यो राजनीतिक परिस्थितिका कारणले सफल नभएको बताए । त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरु नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको बताए ।

नीतिगत रुपमा नेपालको माटो पढाउनै नसकेको बताउँदै उनले ‘तिमी अग्रेजी पढ, विदेश जान पाइन्छ’ भनेर विद्यार्थीहरुलाई सानै उमेरदेखि सिकाइएको सुनाए । अब देशको माटो सुहाउँदो शिक्षा नीति ल्याउन ढिला गर्न नहुने उनको भनाइ छ ।

‘नीतिगत रुपमा नेपालको माटो, भूगोल, इतिहास, नेपालको संस्कृति, संस्कार र नेपालमै बस्नुपर्छ र यो माटोको माया गर्नुपर्छ भन्ने जब विद्यार्थीहरुको कलिलो दिमागमा हाल्न सक्न्पर्छ,’– नेता शर्माले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु