एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

देश संघीयतामा जाँदापनि २०२८ सालको शिक्षा नीति छ, यसले ठूलो उपलब्धि हुँदैन्: महाश्रम शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १९ गते, शनिबार १८:२४

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जिम्मेवार निकायहरुले आ–आफ्नो ठाउँमा सही जिम्मेवारी निर्वाह नगर्दा देशको शैक्षिक उपलब्धी खस्कँदो अवस्थामा पुगेको बताए । उनले अब एकले अर्कोलाई दोष दिनेभन्दा पनि बिग्रिएको ठाउँबाट सुधारको प्रयास थाल्नुपर्ने बताए । ‘हाम्रो प्रवृत्ति एकले अर्कोलाई दोष दिने भयो । हामी चु्केको ठाउँ जहाँ–जहाँ जसले जुन जिम्मेवारी निर्वाह गर्नुपर्ने हो, त्यो कुराहरु हामीले जिम्मेवारी निर्वाह गरेनौं । त्यहीँबाट सुधार गर्दै जानुपर्छ,’– उनले भने ।

साथै, राजनीतिक दलहरुले पोलिसीमा पनि सुुधार गर्नुपर्ने उनको भनाइ छ । देश संघीयतामा जाँदा पनि २०२८ सालको शिक्षा नीतिले ठूलो उपलब्धी हासिल हुन नसक्नु स्वभाविक रहेको उनको भनाइ छ ।

अहिलेसम्म गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयको सिकाइ उपलब्धी ५० प्रतिशतभन्दा माथि पुग्नै नसकेको उनले बताए । रिजल्टमा सुधार गर्नका लागि सबैभन्दा पहिला कक्षाकोठाबाटै सुधार थाल्नुपर्ने उनले सुझाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु