राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

स्वस्थ समाज नेपालको दशौं बार्षिक उत्सवमा संचारकर्मी श्याम स्मृत सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १९ गते, शनिबार २१:१३

काठमाडौं। बौंद्धिक अपाङ्गता भएका बालबालिकाहरुमा समर्पित सामाजिक संस्था स्वस्थ समाज नेपालले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। शनिवार गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित हिमालीघरमा स्वस्थ समाज नेपालले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न संस्थाको दशौं बार्षिक उत्सवमा मेयर रिसालले संस्थाले बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा गर्दैआएको कार्य सिमित साधनको बाबजुद अत्यन्त राम्रो कार्य गर्दैआएको टिप्पणी गरे । संस्थाको उक्त सामाजिक कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्दैआएको र गर्दैजाने पनि प्रतिबद्धता व्यक्त गर्ने कार्य मेयर रिसालवाट भएको थियो ।

सोही कार्यक्रममा उपमेयर सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष जयराम महत लगायतले संस्थाले गर्दैआएको कार्यको खुलेर प्रशंशा गरेका थिए । संस्थाको तर्फवाट मेयर रिसालले संस्थाको स्थापनाकालदेखि निस्वार्थ सेवा तथा सहयोग गर्दैआएका संचारकर्मी श्याम स्मृतसत्यनारायण श्रेष्ठ (एस.एन.) लगायतलाई सम्मान पत्रव्दारा सम्मानित गरेका थिए।

त्यसैगरेर, दशौं बार्षिक उत्सव तथा साधारण सभाले सीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। जसमा डा.सुवाष प्याकुरेल उपाध्यक्ष, सीता थापा सचिव, सुभद्रा श्रेष्ठ कोषाध्यक्ष र सदस्यहरुमा अच्युतराज पोखरेल, उर्मिला खड्का, रिता रिजाल, सुजितमान श्रेष्ठ, खिलप्रसाद शर्मा छन्।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु