उर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफलग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको सेटमा हर्षोल्लास पूर्वक मनाईयो बाल दिवस

नेपालका पाँच तेक्वान्दो खेलाडीलाई पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २२ गते, मंगलवार ०६:२८

काठमाडौं, साउन २१– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् ।
सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच नेपाली खेलाडी छनोट भएका हुन् । १३औं सागका कांस्य विजेता शिषिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना अस्ट्रेलिया तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । व्यक्तिगत पुम्से चौथो डानतर्फ शिषिर कांस्य पदक जित्न सफल भए । स्टेट च्याम्पियनसिपमा शीर्ष तीन स्थानका खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन् ।
चन्दु शाही र सञ्जिला तिमिल्सिना महिला व्यक्तिगत पुम्से तेस्रो डानतर्फ छनोट भए । चन्दुले कांस्य र सञ्जिलाले रजत पदक जिते । पारस भण्डारी पुरुष व्यक्तिगत पुम्से (तेस्रो डान) तर्फ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । उनी यस विधामा रजत पदक जित्न सफल भए । यसै विधामा दोस्रो डानतर्फ प्रतिस्पर्धा गरेका मनोज श्रेष्ठ भने स्वर्ण पदक जित्दै छनोट भएका छन् । सबैले ट्रेडिसनल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । यस च्याम्पियनसिपमा विभिन्न देशका करिब आठ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु