एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

एस.ई.ई पूरक परीक्षाका लागि काठमाडौँ विश्वविद्यालय गणित विभागका विद्यार्थीहरूद्वारा सिकाइ कार्यक्रम सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २२ गते, मंगलवार १२:१३

काठमाडौं ।नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा, विज्ञान तथा शैक्षिक सिकाइ सहयोग अन्तर्गत काठमाडौँ युनिभर्सिटी गणित विभागका विद्यार्थीबाट एस.ई.ई पूरक परीक्षाका लागि शैक्षिक सिकाई कक्षा सम्पन्न भएको छ ।

सम्बन्धी नीति तथा कार्यक्रम र विनियोजन ऐन, २०८१ मा समेटिएको साथी सिकाई (पियर मेण्टरिङ्ग) कार्यक्रमलाई मध्यनजर गरी सो कार्यक्रम कार्यान्वयन गर्न हालैको कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरू मध्ये हालको कानुनी व्यवस्था अनुरूप ग्रेड प्राप्त नभएको परीक्षार्थीहरूको निकट भविष्यमा हुन गई रहेको ग्रेड वृद्धि परीक्षालाई समेत ध्यानमा राखी ग्रेड नभएको समूहका विद्यार्थीहरूका लागि सिकाई सहयोग कक्षा सञ्चालन गरिएको थियो ।

काठमाडौँ विश्वविद्यालयमा स्नातक कम्पुटेशनल म्याथम्याटिक्स विषयमा अध्ययनरत 8 जना विद्यार्थीहरूलाई धुलिखेल नगरपालिकासँग समन्वय गरी धुलिखेल नगरपालिका भित्रका ग्रामीण र दुर्गम क्षेत्रभित्र पर्ने विभिन्न ७ (सात) विद्यालयहरूमा पठाइएको थियो । करिब ४५ जना विद्यार्थीहरू सिकाई सहयोग कक्षामा सहभागी भएका थिए। विद्यार्थीहरूलाई असार २३ गते देखि दैनिक ३ घण्टाको दरले औसत १० दिन गणित विषय अध्यापन गराइएको थियो।

तल उल्लिखित विद्यालयहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्:
1. सञ्जीवनी माध्यमिक विद्यालय
2. श्रीखण्डपुर माध्यमिक विद्यालय
3. पूर्ण सञ्जीवनी माध्यमिक विद्यालय
4. श्री देवीस्थान माध्यमिक विद्यालय
5. हनुमान माध्यमिक विद्यालय
6. कार्थरी माध्यमिक विद्यालय
7. श्री कालिदेवी माध्यमिक विद्यालय
तल उल्लेखित कम्प्युटेशनल गणितको तेस्रो र चौथो वर्षका विद्यार्थीहरूले सहयोग गर्न स्वयम्सेवा गरेका थिए:

1. अयाम बस्याल
2. रूबी श्रेष्ठ
3. सम्भव रायमाझी
4. आयुष सिंह
5. अंकुर बराल
6. हृतिक चौधरी
7. प्रियंका पन्त
8. मुकेश तिवारी
यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई व्यवहारिक पाठहरू दिइएको थियो र अभ्यासमा मद्दत गरिएको थियो ताकि उनीहरू एस.ई.ई पूरक परीक्षामा सफल हुन सकून्। एस.ई.ई उत्तीर्ण गर्नुले अवसरहरूको नयाँ आयाम खोल्छ र विद्यार्थीहरूको जीवनमा परिवर्तनकारी भूमिका खेल्न सक्छ।

साथी सिकाइ कार्यक्रमका सम्पर्क व्यक्ति काठमाडौँ विश्वविद्यालय सह प्राध्यापक डा. सरस्वती आचार्यले जानकारी दिए अनुसार
“यस कार्यक्रमको प्रभावकारिता पूरक परीक्षा परिणाम बाहिर आएपछि थाहा हुनेछ, तर अहिलेको लागि विद्यार्थीहरू र शिक्षकहरू दुवै यस अवसरको लागि धेरै आभारी थिए। हाम्रा विश्वविद्यालयका विद्यार्थीहरूले पनि नेपालमा शिक्षामा गिणत अवस्था बारेमा केहि जान्ने अवसर पाए । यस्ता कक्षाहरू वर्षभरि विश्वविद्यालयका विद्यार्थीहरू फुर्सदमा हुँदा नियमित रूपमा सञ्चालन गर्न सकिएमा एस.ई.ई को नतिजा सुधार गर्न ठूलो योगदान दिन सकिन्छ । यस्ता कक्षाहरूलाई अन्य विद्यालयहरूमा पनि लागू गर्ने र थप क्षेत्रमा विस्तार गर्ने योजना रहेको छ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु