प्रेम कोइराला -काठमाडौं
शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको राजनितिज्ञ जीवन करिब ४ दशक भन्दा लामो रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेत्रिको रूपमा रहेकी थिइन् भने उनी सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् भने उनले सन् १९८१ देखि अवामी लिगको सभापतिको दायित्व पालन गरेकी थिइन् ।
सन् २००८ मा जनताको अधिक मतका कारण उनी प्रधानमन्त्री चुनावमा विजय भई पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्। वंगलादेशलाई १९७१ मा भारतबाट पश्चिम पाकिस्तान र पुर्वमा बंगलादेश भारतबाट अलग्गिएका देश हुन जसमा बंगलादेश बनाउनको लागि नि वर्तमान शेख हसिनाका पिता लगाएत हजारौ नागरिकको त्याग र बलिदानले आज बंगलादेश भन्ने मुलुक चिनिन पुगेको छ । हिजाको दिनमा वंगलादेशका पिता भनेर बंगबन्दु शेख हसिनालाई चिनिन्थ्यो र उसको ढाकामा ठुलो मुर्ती बनाईएको थियो । तर आज किन बंगलादेशका नागरिक सामु शेख परिवारमा यस्तो बज्रपात पर्यो के यो विदेशी वा आन्तरिक राजनितीक खेल त हैन ? कुरा बुझ्न जरुरी छ । सोही कारणले नेपालमा पनि अनेक व्यक्ती युवाहरु श्रीलंका र वंगलादेशका जनताले देखाइदिए र अव नेपालको पालो भन्ने गरेका छन् के यो संम्भव र नेपाली जनतालाई स्वीर्काय छ र ?
को हुन त शेख हसिना ?
शेख हसिनाको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी पाकिस्तानको टुङ्गिपाडामा भएको थियो। उनको बुबा बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमान र उनकी आमा बेगम फाजिलातुन्नेछा थिइन्। हसिनाले टुङ्गिपाडामा प्रारम्भिक शिक्षा लिएकी थिइन् भने सन् १९५४ देखि उनी आफ्नो परिवारको साथमा ढाकाको मोगलटलिको रजनी बोसलेनको घरमा बसोबास गर्न सुरु गरेकी थिइन् र पछि उनको परिवार मिन्टो सडकमा रहेको एक सरकारी निवासमा सरेका थिए। सन् १९५६ मा उनी थप शिक्षा हासिल गर्नका लागि टिकाटुलीमा रहेको नारीशिक्षा मन्दिर कन्या विद्यालयमा भर्ना भएकी थिइन्। सन् १९६१ अक्टोबर १ देखि उनको परिवार धानमोन्डी स्थित ७२ सङ्ख्याको घरमा बस्न सुरु गरेका थिए।
शेख हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर सम्पन्न गरेकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा उनको वाजेद मियाँसँग विवहा भएको थियो। हसिना र वाजेदका सजीव वाजेद जोय र सायमा वाजेल पुतुल नामक दुइ सन्तानहरू रहेका छन्। वाजेद मियाको सन् २००९ मा मृत्यु भएको थियो। सन् १९७५ अगस्ट १५ का दिन सैनिक विद्रोहमा उनी र उनको बहिनी शेख रेहाना बाहेक उनको परिवारका सबै सदस्यहरू मारिएका थिए भने तत्कालीन समयमा उनी र उनकी बहिनी पश्चिम जर्मनीमा अध्ययन गरिरहेका थिए। बंगलादेशमा किन र केका लागी भयो त घटना जसले शेख परिवारका साथै छिण भरमा राजनितिक समाप्त भयो ? घटना सन् २०२४ जुलाई २१ बाट सुरु भएको थियो ।
जसको मुख्यकारण विद्यार्थी शैक्षिक आरक्षण कोटा जसको मतलव १९७१ मा बंगलादेश बनाउदा त्यस बेलाको सरकारले जो जसका सरकारी पदस्थ अधिकारी लगाएत सरकारी कर्मचारीहरुका परिवार छोरा छोरीलाई शैशिक आरक्षण जसमा सरकारी कोटा मार्फत ५६ प्रतिशत र पव्लिकलाई ४४ प्रतिशत शिक्षा आरक्षण दिएको थियो यसको विरुद्दमा उत्रिएका विद्यार्थीहरुले यो आन्दोलन सुरुगरेका थिए ।
आन्दोलन कसरी भयो र को हुन नहिद स्लाम ?
नाहिद इस्लाम समाजशास्त्रका विद्यार्थी हुन् जसले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको सत्ता र देशबाट पछि हट्ने अवस्थामा पुर्याए ।
२६ वर्षीय इस्लाम सरकारी जागिरमा कोटा विरुद्धको विद्यार्थी आन्दोलनको संयोजक थिए जसले हसिनालाई हटाउने अभियानमा रुपान्तरण गरेको थियो। विद्यार्थीको आन्दोलन दिनानु दिन चर्किदै गयो एक पछि अर्का विद्यार्थी मारिदै गए २८ जुलाई सम्म लगभग १८० विद्यार्थी मारिसकेको तर पनि हसिना सरकारले आन्दोलनलाई त्यती व्यवस्था गरिनन् र पछि आन्दोलन चर्किए संगै शैशिक कोटा ७ प्रतिशतमा झार्न बाध्य भए तर पनि विद्यार्थीहरुले आन्दोलन जारी राखे र आइतबार ४ विहान मात्रै ९१ विद्यार्थी र १४ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो तर वास्तविक यहाँबाट खुल्छ आन्दोलन, विद्यार्थी कोटा लगाएतको के हो वास्तविकता भन्ने । जव आइतबार विहानै आन्दोलनले मोड लिन्छ र एकै दिन १०० जना भन्दा बढी आन्दोलनकारी र विद्यार्थीको मृत्यु पश्चात यहाँ बाट सोच्नु पर्दछ किनकी आन्दोलन शनिवारबाट हलुका हुँदै भएको थियो र सामान्यनै थियो तर शुक्रवार राती ११ बजेवाट शनिवार विहान ८ वजे सम्म धेरै परिवर्त यसलाई अन्तराष्ट्रिय राजनितक परिवर्तन वा आन्तरिक तर यहाँ आन्तरिक परिवर्तन जसमा विपक्षिय पार्टीले धार्मिक युद्दमा परिणत गरिदिन रोल खेल्छन र सोही विद्यार्थी आन्दोलनमा घुसेर एकै दिनमा १०० जना भन्दा बढी आन्दोलनकारीको मृत्यु हुन्छ । किनकी यहाँ आन्तरिक विपक्षिय पार्टीले विद्यार्थी आन्दोलनलाई लक्षित गरी सोही आन्दोलनमा मिश्रित भई आन्दोलनले मोड लिन्छ र शेखको सरकार मात्र नभई देशबाट बाहिरनु परेको छ ।
शेखलाई आन्तरीक तथा बाह्य राजनितीक हस्तक्षेप र विद्यार्थी आन्दोलनमा घुसेर विपक्षपाटीले रोल खेलेको देखिन्छ । बंगलादेशको हालको जनसंख्या २० करोडको हारहारीमा छ । जसमा सेना १ लाख ३० हजार र पुलीस ७० हजारको हारहारीमा तर आन्दोलनकारी ५ लाख हारहारीमा विभिन्न क्षेत्रबाट ढाकामा परिणत हुन्छ सोही समयमा यो सवै सेनालाई जानकारी भएको हुन्छ । सो समय सम्म पुलिसले हात छोडी सकेको थियो किनकी पुलीसले त्यो आन्दोलनलाई रोक्ने क्षमता थिएन र अन्तत पुलीसले हात छोडेको थियो । र आन्दोलनले झनै अग्री लिईसेको थियो अन्तमा शेख हसिनाले सेनालाई आन्दोलन रोक्नको लागी हद सम्म प्रयास गरेकी थिइत तर सेना प्रमुख वाकार उज जमानले आन्दोलनकारीलाई गोली हानेर रोक्ने क्षमता छैन किनकी ढाकामा ५ लाख भन्दा बढी आन्दोलनकारीहरु रहेका थिए र सोही समय सेनाले आन्दोलनकारीलाई प्रतिकार गर्नेहोभने हजारै मान्छेले बलिदान र सोही संख्यामा सेना पुलिसको समेत क्षती देखेका कारण सेनाले प्रस्ताब अस्वीकार गरेको थियो । तर आन्दोलनकारीहरु भने ढाकाका विभिन्न सरकारी भवन, बंगलादेश अवामी पाटीका कार्यालय लगाएत सरकारी भवनहरु तोडफोड गर्दै गएका थिए भने हजारौको संख्यामा प्रदर्शनकारीहरु शेख हसिनाको आवास तर्फलागेका थिए सोही समयमा सेनाले प्रधानमन्त्रीलाई यसको सम्पुर्ण जानकारी गराई केही घण्टाको समय दिएको थियो र अन्तमा घरका महत्वपुर्ण सामानहरु सहित बहिनीलाई लिएर सेनाको हेलिकप्टरबाट भारतको सरणमा पुग्नु प¥यो ।
तर के यो आन्दोलन किन हाल शेख हसिनाले देश छाड्दा समेत आन्दोलन रोकिएन के वंगलादेशी जनतालाई शेख हसिनानै मुख्य थिए भने किन फेरी आन्दोलनले अर्को मोडलिन पुग्यो जहाँ हाल आन्दोलनले बंगलादेशका हिन्दुहरुलाई टार्गेट गरेर अनेकौ हिन्दुका मन्दिर इस्कन लगाएत पुजारीहरु समेतको हत्यो गरेको छ त्यसोभए यो आन्दोलनको मुख्यकारण शेख हसिना नै हो भन्ने लाग्दैन किनकी पछिल्लो समय आन्दोलनमा विपक्षीपाटी मिश्रित भई मोडलिइ सकेको छ । र हाल आन्दोलनको मुख्य टार्गेट भनेको वंगलादेशी हिन्दु समक्ष छ र यो नै वंगलादेशको स्वेत र हिन्दुत्व जातिय युद्दमा परिणत भै सकेको छ । अन्य घटना त पछि देखीएला संसारका मिडियाले समेत यि कुरालाई जोड दिइ सकेको छ ।
तर जे जसो गरे पनि जनता वंगलादेशकै हुन सेना वंगलादेशकै हुन त्यहिका जनता मरिरहेका छन् । दक्षिण एसियाको उत्कृष्ट लएमा रहेको वंगलादेश अन्ततः देशको विकास, व्यापारमा धेरैनै असर परेको छ । तर आन्दोलनकारीहरुले गरेको बंगलादेशका पिता भनेर हिजो सम्म चिनिने शेख मुजिवर रहमानको समेत सालिक तोडिनु भनेको पक्कै यो आन्दोलनले नेपालको २०६३ को झल झल्काउँदछ ।
नेपालमा समेत सोही भएको थियो त्यहा प्रधानमन्त्री नेपालमा राजा ज्ञानेन्द्र शाह तर नेपाल र वंगलादेशको आन्दोलन फरक हुन पुग्यो नेपालका राजाको संम्यमता न भएको भए सायद नेपालमा हजारौ मानिसले ज्यान दिने थिए तर नेपालका राजाले उक्त रक्तपात चाहेनन र जनतालाई सक्ता दिई आफ्नै देशमा वसे जहाँ अहिले नेपाली जनताले पुनः राजा राजा भन्दै छन् त्यसैले यो दिन पनि वंगलादेशको यस्तो अवस्था होला भन्न सकिन्न किनकी भोलिको दिनमा वंगलादेशी जनताले पनि पुनः शेख हसिनालाई सम्झने छन् भन्ने लाग्दछ । अवको वाटो शेखले राजनितीक तवरबाट पुनः वंगलादेश फर्किन्छिन की भारत वा अन्य मुलुक त्यो भने पछी थाहा होला ।
(लेखक प्रेम कोइराला अन्तर्राष्ट्रिय रग्वी खेलाडी साथै नेपालको पहिलो अन्तर्राष्ट्रिय रग्वी रफ्री हुनुहुन्छ)