एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २४ गते, बिहीबार १८:५४

काठमाडौं, साउन २४– बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो । कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भइन् । महासंघले आफ्नो २७औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाइलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए ।
महासंघले अन्तिम दिने भने वर्षभर उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो । यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे । महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ । उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त ग¥यो । अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अन्जन धमला र महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पुरस्कृत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु