राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

आज नाग पंचमी, यसरी गर्नुस् नागको पुजा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २५ गते, शुक्रबार ०६:११

काठमाडौ ।हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ। यो वर्ष नाग पञ्चमी शनिबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन छ ।

यसरी गर्नुस् नागको पुजा :

– बिहान नुहाएपछि घरको ढोकामा पूजाको स्थानमा गोबरले सर्प बनाउनुहोस् ।
– मनमा ब्रतको संकल्प लिनुहोस् ।
– नाग देवताको आह्वान गर्नुस र नागलाई बस्नका लागि आसन दिनुस् ।
– त्यसपछि पानी, फूल र चन्दनको अर्घ दिनुस् ।
– दूध, दही, घिउ, मह र चिनीको पञ्चमृत बनाएर नाग प्रतिमाको स्नान गर्नुस् ।
– यसपछि मुर्तिमा चन्दन, सुगन्धित पानी मूर्तिमा चढाउनु पर्छ ।
– लड्डु र मालपुआको भोग लगाउनुहोस् ।
– त्यसपछि सौभाग्य सूत्र, चन्दन, हरिद्रा, चूर्ण, अबिर, सिन्दुर, बेलपत्र, आभूषण, फूल माला, सौभाग्य द्रव्य, धूप– दीप, फलफूल र पानको पत्ता चढाएपछि आरती गर्नुस् ।
– यो विश्वास गरिन्छ कि नागदेवताका लागि सुगन्धित बस्तुहरु अति मन पर्दछ । त्यसकारण नाग पञ्चिमीकाका दिन सुगन्धित फूल र चन्दनको साथ नाग देवको पूजा गर्नुपर्दछ ।
– नाग पंचमीको पूजाको मन्त्र ‘ऊँ कुरुकुल्ये हुं फट स्वाहा” पढ्नु होला ।
– नाग देवताको फोटो वा मूर्तिको पूजा गरेपछि खानेकुरा ग्रहण गर्नुस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु