काठमाडौं। नेपाल मण्डल लिट्रेचर कल्चर ट्रष्टले ३२ जना स्वयंसेवीहरुलाई सम्मान गरेको छ। सामाजिक क्षेत्रमा लाग्दैआएका स्वयंसेवीहरुलाई ट्रष्टले सम्मान गरेको हो। सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा सेवा दिने कार्य गर्दैआएका स्वयंसेवीहरुलाई सम्मान गर्दा उनीहरुको मनोबल अझ उच्च हुने ट्रष्टको सोच र धारणा अनुरुप ट्रष्टले पहिलो पल्ट स्वयंसेवीहरुलाई सम्मान गर्ने कार्य गरेको जनाएको छ।
गत साउन ९ गते ट्रष्टको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बौद्ध विव्दान डा.अजयक्रान्ति शाक्यव्दारा लिखित बुद्धका मौलिक दर्शन नामक पुस्तकको विमोचन तथा करिब डेढसय भिक्षु तथा अनागरिकाहरुलाई प्रदान गरिएको संघदान कार्यक्रममा यी स्वयंसेवीहरुले अभूतपूर्व सेवा प्रदान गर्ने कार्य भएको थियो । उक्त अभूतपूर्व सेवा प्रदान गर्ने स्वयंसेवीहरुको सेवाको कदरस्वरुप सम्मान गर्ने परिपाटीको विकास ट्रष्टले गरेको हो।
जसवाट स्वयंसेवीहरु आफूहरुले यसप्रकारको सेवाको कदरस्वरुप कतै सम्मान नपाएको ट्रष्टले यसप्रकारले पहिलो पल्ट सम्मान गरेको प्रतिक्रिया व्यक्त गरेका छन्। बौद्ध विव्दान तथा बागमती प्रदेशका पूर्वमन्त्री डा.अजयक्रान्ति शाक्यको प्रमुख आतिथ्यता तथा भाषा आयोगका सदस्य सुरेश किरणको विशेष आतिथ्यतामा भएको सम्मान कार्यक्रमको सभापतित्व ट्रष्टका अध्यक्ष श्याम स्मृतले गरेका थिए।
तस्बीर सौजन्य–राजन महर्जन
प्रकाशन मिति–२०८१ साउन २५ गते शुक्रवार ।