राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

मनुराज, अधिराज र प्रिजाको नाममा म्याप फाउन्डेसन नेपाल स्थापना गरिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २७ गते, आईतवार १८:००

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (म्याप फाउन्डेसन नेपाल) स्थापना गरिने भएको छ ।

फाउन्डेसनले अक्षय कोषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएको छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

मृतक आइटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्करक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजको परिवारले जनाएको छ । ‘हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूको सम्झना र योगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूको नाममा फाउन्डेसन स्थापना गर्न लागिएको हो,’ पारिवारिक स्रोतले बतायो ।

त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाको नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पोखरेलले भनिन्, ‘हाम्री छोरीले इमान्दार कर्मचारीको रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकोष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हौँ ।’

चार वर्षे नावालक नाति अधिराजको नाममा अर्यालहरूको थातथलो सप्तरीको बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, ‘पढाइमा तेज मेरो नातिलाई पढाउने मेरो इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हौँ ।’

यसका साथै म्याप फाउन्डेसनको सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सरोकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयोगका लागि अपिल समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु