राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

टानको अध्यक्षमा उम्मेदवार दिएका सागर पाण्डे को हुन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २८ गते, सोमबार ०९:२८

काठमाडौँ, २८ साउन । पर्वतीय पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) को अध्यक्षका लागि सागर पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

नेपालको पर्वतीय पर्यटनमा तीन दशकभन्दा लामो समय विताएका पाण्डेले आगामी भदौ १७ गते (सेप्टेम्बर २) मा हुन लागेको टानको वार्षिक साधारणसभा तथा निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो ।

विस २०२८ सालमा जन्मनुभएका गोरखा भीमसेन थापा गाउँपालिका वडा नं ६ अस्राङ निवासी पाण्डेले विस २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट विएस्सी उर्तिण गरेपछि पर्यटन क्षेत्रमा लाग्नुभएको हो ।

सानै उमेरदेखि केही गरौँ भन्ने भावनाका साथ अगाडि बढ्नुभएका पाण्डेले विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको पार्टनरमा हार्ड रक टे«क्स एण्ड एक्पीडिसन स्थापना गरी नेपालको पर्वतीय पदयात्रा पर्यटनलाई अगाडि बढाउनुभएको थियो ।

साथीसँग काम गर्दागर्दै पर्यटन क्षेत्रको अनुभव बटुल्नुभएका पाण्डेले सन् १९९८ मा आँफैले हिमालयन ग्ल्यासियर टे«किङ स्थापना गर्नुभयो । उक्त टे«किङ कम्पनी हालसम्म पनि सञ्चालनमा रहेको छ ।

टे«किङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गर्नुभयो । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डेको हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौँ होटल, काठमाडौँ ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा रहेका छन् ।

नेपालको पर्यटन क्षेत्रको विकासमा तीन दशकभन्दा लामो अनुभव हाँसिल गर्नुभएका पाण्डेले हाल ५०० भन्दा बढीलाई प्रतक्ष्य रोजगारी प्रदान गर्नुभएको छ । टे«किङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव भएर कुशल भूमिका निर्वाह गर्नुभएको थियो ।

महासचिव हुँदा नेपालको पर्वतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गर्नुभएका पाण्डेले आगामी सन् २०२४ देखि २०२६ का लागि अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु