ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ: पूर्वमन्त्री चौधरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २९ गते, मंगलवार ०५:५०

इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् ।
नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता चौधरीले राम्रो काम गर्नेहरूलाई अवसर दिनुपर्ने बताइन् । ‘पार्टीलाई लगानी गर्न सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । लगानी भनेको पैसा मात्रै होइन । समय पनि दिन सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ’, पूर्वमन्त्री चौधरीले भने, ‘नेतृत्व पनि हस्तान्तरण गर्दै जाओस् । किनभने गाउँ-गाउँमा नयाँ नेतृत्व स्थापित हुनुपर्छ । एकजना भगबती चौधरी मात्रै नेता बनेर हुँदैन । भगबती चौधरी जस्ता धेरै व्यक्तिहरू उत्पादन हुनुपर्छ ।’
छरिएर रहेका र ग्रासरूटमा रहेका नेतृत्वको पनि खोजी गर्नुपर्ने उनको भनाई थियो । तल्लो कमिटीमा छोटो अवधि राख्नुको कारण नै नेतृत्व हस्तान्तरण गर्दै जाने उद्देश्य रहेको नेता चौधरीले बताए ।
यसैगरी पूर्वमन्त्री चौधरीले महिला, लैङ्गिक समानताको पक्षमा काम गर्न तालिम, प्रशिक्षणको व्यवस्था गरिएको बताए । आफू छोटो समय मन्त्री बनेपनि बढी भन्दा बढी महिला, ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने कोसिस गरेको उनको भनाई थियो ।
अर्को प्रसङ्गमा मन्त्री चौधरीले स्थानीय क्षेत्रमा पनि पर्यटकीय विकासका निम्ति सबैले पहल गर्नुपर्ने बताए । उनले भने, ‘हामीले पर्यटकीय विकासका निम्ति बजेट, योजना ल्याउँछौँ । तर त्यहाँ गरिए खर्चले प्रतिफल दिनेगरी अन्य आवश्यक कामहरू पनि गर्नुपर्छ । हामीले विभिन्न संरचनाहरू निर्माण गरेका छौँ । ती संरचनाहरूलाई पनि कसरी प्रयोग गर्ने त्यसको लेखाजोखा गर्न आवश्यक छ ।’
आफू महिला मन्त्री हुँदा छोरी आत्मनिर्भर कार्यक्रमको अवधारणाले ल्याएको भन्दै उनले त्यो कार्यक्रमले छोरी-बुहारीलाई आत्मनिर्भर बनाउने बताए । ‘प्रत्येक वडामा केही गर्न चाहने छोरी-बुहारीहरूका निम्ति २ लाखको दरले बिउ पुँजी दिने । जसलाई तालिम पनि दिने । जसको कारणबाट हाम्रा छोरी-बुहारीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्’, पूर्वमन्त्री चौधरीले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु