एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ३१ गते, बिहीबार १८:४५

काठमाडौँ, ३१ साउन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री खड्काले उक्त आयोजनाअन्तर्गत भइरहेको तेस्रो चरणको कामलाई थप प्रभावकारी बनाउन मन्त्रालयले पहलकदमी लिएको सदनलाई जानकारी दिनुभयो ।

“गत आर्थिक वर्षमा आयोजनाको पुँजीगततर्फ रु एक अर्ब १४ करोड ३५ लाख विनियोजन भएको थियो । गत आवमा सञ्चालनमा रहेका पुराना ठेक्का र चालु आवमा सञ्चालित नयाँ ठेक्का गरी कूल रु तीन अर्ब ७१ करोड ८० लाख दायित्व रहेको थियो । जग्गा अधिग्रहणतर्फ कूल रु एक अर्ब १० करोड बाँकी रहेको थियो”, मन्त्री खड्काले भन्नुभयो ।

बजेट अभावका कारण विसं २०८० वैशाख १६ सम्ममा निर्माण भएको रु २७ करोड ६७ लाख बराबरको बिल भुक्तानीका लागि जलस्रोत तथा सिँचाइ विभागमा प्रतिवेदन पेस भए पनि हालसम्म भुक्तानी हुन नसकेको मन्त्री खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको स्वीकृत गुरुयोजना अनुसार समयमा नहर निर्माण सम्पन्न गरी तोकिएको लक्ष्य हासिल गर्नका लागि वनक्षेत्रमा पर्ने जग्गा भोगाधिकार तथा रुख कटानका लागि आव २०७९र८० देखि नै पहल हुँदै आएको थियो ।

मन्त्री खड्काले वनक्षेत्रको जग्गा भोगाधिकारका तथा रुख कटानका लागि गत असार १० गते मन्त्रिपरिषद्ले निर्णय गरिसकेको जानकारी दिनुभयो । टनकपुर मूल नहर सञ्चालनको तयार भइरहेको जनाउँदै आयोजना सञ्चालनसम्बन्धी आवश्यक कूटनीतिक पहल थालिएको उहाँले बताउनुभयो ।

महाकली एकीकृत विकास सन्धिअनुसार भारतको शारदा नहरबाट नेपालको दोधारा–चाँदनी मूल नहरलाई १० क्युमेक प्राप्त हुने व्यवस्था छ । मूल नहर निर्माण गर्न गत आवमा जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको बताउँदै बजेट अभावका कारण वितरण हुन नसकेको मन्त्री खड्काले जानकारी दिनुभयो ।

“नहर तथा संरचना निर्माणका लागि लागत अनुमान, डिजाइन, नक्सालगायत तयारी अवस्थामा छन् । सोको कार्यान्वयनका लागि भारतको शारदा नहरमा ‘हेड रेगुलेटर’ र भारतीय भूमिमा बन्नुपर्ने ‘लिङ्क क्यानल’ हालसम्म पनि निर्माण भएको छैन । यसले काममा केही ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु