ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावलीको मस्यौदा अगाडि बढाउन उर्जामन्त्रीको निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ३२ गते, शुक्रबार १५:३५

काठमाडौँ, ३२ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवीकरणीय उर्जाको विकासका लागि नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको वोर्ड बैठकमा उहाँले मुलुकमा नवीकरणीय उर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०८१ हाल सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पुरा गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लाग्नुपर्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०÷०८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतीको समिक्षा, आव २०८१÷०८२ को वार्षिक कार्यक्रम तथा वजेट विस्तृतिकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु