दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास साउन ३२ गते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १ गते, शनिबार ५:०६

प्रेमचन्द्र झा

राैतहट । ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएकाे छ ।

ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौ को आर्थिक सहयोग दुई करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेकाे साे तीन तत्ले भवनकाे गाैर नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेवा केन्द्र काे एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरेका हुन ।
सो कृषि प्रयाेगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, विउको परिक्षण ,बाली तथा फलफुलमा लाग्ने राेग किराको परिक्षण, मलखाद परिक्षण हुने छ ।

पशु प्रयोगशालाबाट गाेबर परिक्षण ,पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया , कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउन्ड ,एक्स-रे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए ।
साे भवन निर्माणका ठेक्का समझाैता सिएम कन्ट्रकसन जाेरपाटी काठमाडौं ले पाएका छन । सो भवनका लागि दुई करोड ३० लाख ४०हजार रुपैयाँको समझाैता गरिएको हो ।
सो प्रयोगशाला भवनमा कोठा संख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । । उक्त भवनको भुई तत्लामा कृषि र पशुकाे अत्याधुनिक ल्याव, पहिलाे तत्लामा ५० जना अटने सभाकक्ष र दाेस्रो तत्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु