उर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफलग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको सेटमा हर्षोल्लास पूर्वक मनाईयो बाल दिवस

करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २ गते, आईतवार ०५:२४

काठमाडौं ।करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएको छ।
हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ हजार रुपैयाँ प्राप्त गरे। स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले अवार्ड ग्रहण गरेका थिए।
एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक जितेकी थिइन्। स्यान्टु पेसिस ओलम्पिकका‌ लागि छनोट हुन सफल भएका थिए। सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगिना वैध र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।
सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम २०७२ साउन १९ गतेबाट सन्चालनमा आएको हो । सुदीप मिडियाका अध्यक्ष सुबास हुमागाईंले यो यात्रामा सहयोग गर्नुे सबैलाई स्वागत गर्दै अनलाइन सन्चालन चुनौतीपूर्ण रहेको बताएका थिए।
राखेपका‌ सदस्य सचिव घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकाले हाम्रो खेलकुदको‌ वार्षिकोत्सवको लागि बधाई दिएका थिए । सोही अवसरमा सहयोगी र प्रायोजकहरूलाई हाम्रो खेलकुदका सम्पादक तिमल्सिनाले मायाको चिनो प्रदान गरेका थिए।
सो अवसरमा तिमल्सिनाले सहयोगी सबैलाई धन्यावाद दिदै खेलकुद अनलाइन खेलकुद पत्रकारिता चुनौतीपूर्ण रहेको बताएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु