तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ बाट भण्डारी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २ गते, आईतवार ७:५५

बैंकक – कान्तिपुर सेक्यूरिटी सर्भिस प्रालिका प्रवन्ध निर्देशक खेमराज भण्डारी एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा शनिबार आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’अन्तर्गत सफल युवा व्यवसायी सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले भण्डारीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित जोशीला युवा भण्डारी विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी हुदै हजारौं युवा–युवतीहरुलाई रोजगारी दिदैं, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका भण्डारी विभिन्न संघसंस्थामा आवद्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु