एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

‘तामाङ मिडिया अवार्ड’स्याङ्तान र वाइबा लाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २ गते, आईतवार ०८:०४

काठमाडौं । तामाङ पत्रकार सङ्घ केन्द्रिय कार्यालयले यस वर्षको ‘तामाङ मिडिया अवार्ड’ नयाँ पत्रिका दैनिकमा कार्यरत राजु स्याङ्तान र नेपाल टेलिभिजनमा कार्यरत शान्ति वाइबालाई प्रदान गरेको छ ।

शनिवार एयरपोर्ट होटेलमा ३० औँ तामाङ प्रसारण दिवसको अवसरमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन् । अवार्डसँगै नगद पनि हस्तान्तरण गरेका हुन् ।

यो अवार्ड तामाङ समुदायका पत्रकार, लेखक र मिडियाकर्मीहरूको सम्मानमा हरेक वर्ष एक जना महिला र पुरुष पत्रकारलाई प्रदान गरिँदै आएको हो। सोही अनुरूप सङ्घले स्याङ्तान र वाइबालाई प्रदान गरेको अध्यक्ष सुवास तामाङले जानकारी दिए ।

अवार्डका लागि उत्कृष्ट मिडिया सामग्री उत्पादन, सामाजिक योगदान तथा तामाङ भाषाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तिहरूलाई अवार्ड प्रदान गरिँदै आएको छ।

२९ औँ तामाङ प्रसारण दिवसमा काभ्रेकी मायालु ङेसुर र धनकुटाका शन्तविर लामालाई प्रदान गरेका थिए ।

वि सं २०५१ साल भदौ १ गतेबाट पहिलो पटक रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई नै आधार मानेर सङ्घले हरेक वर्षको यस दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ ।

यस वर्षको अवार्ड छनोट समितिमा संयोजक विष्णु तामाङ र सदस्यहरू लक्ष्मी रुम्बा र सुवास योञ्जन रहेका छन्। प्रदान

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु