राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

सक्षमलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ३ गते, सोमबार ०२:५०

वाइसीएचका सक्षम शाक्यले पुष्पराज शाक्य स्मृति तेश्रो ट्राइ सिरिज टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् ।
उनले फाइनलमा आईएससीका स्वयंलाई ३–२ को सेटमा पराजित गरे । आईएससीका सुप्रिन्स महर्जन र खोल्छका उसान वज्राचार्य तेश्रो भए ।
खोल्छ पुखु खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुला सिंगल्समा वाइसीएचका सन्जिल शाक्यले स्वर्ण, आईएससीका राजेन्द्र वज्राचार्यले रजत तथा आईएससीका खोल्छका नदिमरत्न शाक्य र अशोक महर्जनले कांस्य हात पारे ।
पुरुष डबल्समा वाइसीएचका सुमन शाक्य र सन्जिल शाक्यको जोडी पहिलो, खोल्छका नदिमरत्न शाक्य र समिप श्रेष्ठको जोडी दोश्रो, आईएससीका राजेन्द्र वज्राचार्य र मनीष खरेल तथा अशोक महर्जन र सुशिल वज्राचार्यको जोडी तेश्रो भए । पुरुष टिम इभेन्टमा वाइसीएच, आईएससी र खोल्छ क्रमशः शीर्ष तीन स्थानमा रहे ।
विजेतालाई ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु