तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फेरिल्यान्ड र इबीए सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार ९:०९

काठमाडौं, भदौ ३ गते ।फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले पराजित ग¥यो । फेरिल्यान्डकी अलिथिया तामाङले ८ अंक बटुलिन् । इबीएले अद्वितीयलाई १२–६ ले हरायो । इबीएकी मेणुका मगरले ८ स्कोर गरिन् । सोही स्पर्धामा संस्कृति शिक्षा सदनले एक्टिभलाई १६–१४ ले पाखा लगायो । संस्कृतिकी सुहाना खड्काले ६ अंक जोडिन् ।
सिनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमीले ब्रेनल्यान्डलाई २९–१९, टीआईएले कन्स्टिलेसनलाई ३१–१९, हिमालयनले नव दीक्षीतलाई २६–२२, नेसनल युनाइटेडले बीएनएलाई ३२–२२, शुभकामनाले भद्रकालीलाई ४०–३३ र संस्कृति शिक्षा सदनले सेवा सदनलाई २६–२२ ले पन्छाए । लालीगुराँसका रिडम उपाध्यायले १९, टीआईएका कृष ओलीले १२, हिमालयनका अरुण कार्कीले ११, नेसनल युनाइटेडका मनीष राउतले १२, शुभकामनाका सुशानले १५ र संस्कृति शिक्षा सदनका रमन गुरुङले १४ अंक जोडे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ३५–२२, इबीएले संस्कारलाई १७–८ र हिमरश्मिले तेजस्वीलाई २९–१५ ले पराजित गरे । गोल्डेनपिकका भुवन मण्डलले १०, इबीएका आदित्य श्रेष्ठले ४ र हिमरश्मिका सविन लामाले १५ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु