भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

अन्टर कलेज इनडोर क्रिकेटमा ३२ टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार ०९:२४

प्रथम उपत्यकाव्यापी अन्तरकलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ । बुढानीलकण्ठ नगरपालिका – १३ चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधवारदेखि प्रतियोगिता शुरु हुन लागेको हो । हाइपिटि इभेन्टले पहिलो पटक आयोजना गरेको खेल तीन दिनसम्म चल्नेछ ।
हाइपिटि इभेन्टले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रतियोगिताको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा २८ कलेजका कप्तानहरू सहभागी भएका थिए । सहभागी कप्तानहरुलाई कार्यक्रमको नियमबारे जानकारी गराइ आधिकारिक टाइसिट पनि सार्वजनिक गरिएको थियो । खेल नकआउट चरणमा खेलाइने छ ।
बुधवारबाट चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा बिहान ८ बजे देखि संचालन हुने खेलमा पहिलो खेल जुन लुम्बिनी र एभिएसबीच हुनेछ । भदौ ५ देखि ८ गतेसम्म हुने प्रतियोगितामा ३२ वटा कलेज सहभागी भएका छन् ।
आउटडोर क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनिहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले खेल आयोजना गरिएको र खेलको माध्यमबाट विद्यार्थीहरुलाई अगाडि बढाउन र राष्ट्र निर्माणमा सघाउ पु¥याउन साथै सामाजिक उत्तर दायित्व अन्तर्गत, राष्ट्रको गहना निर्माण गर्ने उदेश्यले इनडोर क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजक हाइपिटि इभेन्टको भनाइ छ ।
आयोजक हाइपिटि इभेन्टका अनुसार क्रिकेट प्रतियोगितामा विजेता प्रथम हुने टिमले ५० हजार नगद र उपविजेता हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उत्कृष्ट खेलाडि, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि जनही ५ हजार नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमहरुः एभिएस कलेज, सेन्ट जेभियर्स जावलाखेल, अर्बाना स्कूल अफ साइन्स, बुढानिलकण्ठ मावि, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, चाणक्य व्यावस्थापन क्याम्पस, सेन्ट लरेन्स कलेजनिम्स (नितेन मेमोरियल एचएस स्कूल), ब्रिटिश मोडेल कलेज, जनप्रेमी विश्व विद्यालय, नेपालय कलेज, प्रयोगशाला कलेज,डीएभी कलेज ए, डीएभी कलेज बि, आदर्श नमुना विद्यालय, शिखर एकेडेमी, एलआरआइ कलेज, लुम्बिनी एकेडेमी, मनास्लु वर्ल्ड कलेज, एचआरआइटि कलेज, इनसाइट भिजन कलेज, ब्लूबर्ड कलेज, ओमेगा कलेज, गोल्डेनगेट कलेज, शिक्षान्तर कलेज, भिएस निकेतन कलेज तिनकुने, लिभरपुल कलेज र ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेज रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु