एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’बाट ढकाल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार २१:०७

बैंकक – आर. डि. गारमेन्ट उद्योग संचालक तथा मोडल कलाकार रामेश्वर ढकाल एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’अन्तर्गत सफल वेस्ट मोडल’ सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले ढकाललाई सम्मान गरेका हुन् ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित जोशीला युवा ढकाल बिगत एक दशक भन्दा बढी देखि कलाकारिता, मोडलिङको मार्फत टेलिश्रृंखला हर्के हल्दार विभिन्न म्युजिक भिडियोमा मोडलिङ नाटक, बृतचित्र हुदै नेपाली कला, सँस्कृतिको विकासमा सक्रिय रहेका ढकाल विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु