राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार २१:२१

काठमाडौ । थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ ।

म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार बैंकक स्थित होटल प्रिन्सटनमा आयोजित भब्य समारोहमा संगीतको विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभाध्यक्षमा एनआरएनए थाइल्यान्डका अध्यक्ष भवीन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङको विशेष आतिथ्यता रहेको उक्त समारोहमा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेल लगाएत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।

नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न स्वरुप गोल्डेन म्युजिक अवार्ड आयोजना गरिएको अवार्ड संयोजक गायक तथा संकलक बिनोद ढकालले बताए ।

कार्यक्रममा दर्जन भन्दा बढी गायक गायिकाहरुले बेजोड सागींतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु