टानको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चोलेन्द्र कार्की को हुन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार २१:४३

काठमाडौँ, ५ भदौ । पदयात्रा (ट्रेकिङ) व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ ।

लामो समय नेपालको पदयात्रा पर्यटन व्यवसायीमा आवद्ध कार्कीले आगामी भदौ १७ गते काठमाडौँमा हुन लागेको निर्वाचनका लागि सागर पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं ३, बासामा जन्मिनुभएका कार्की विगत लामो समयदेखि पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ हिमालयन जोय एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

कार्कीसँग एक कार्यकाल टानको प्रथम उपाध्यक्ष भएर काम गरेको अनुभव छ । उहाँको टे«किङसँगै होटल तथा अन्य क्षेत्रमासमेत लगानी छ । अक्वा कुनो रेष्ट्रोका प्रबन्ध निर्देशक काकीले अन्य विभिन्न होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गरिरहनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन सोलुखुम्बुका अध्यक्षसमेत रहनुभएका उहाँ लाइन्स क्लब, किवानिज क्लब, रोटरी क्लबलगायत सामाजिक संघसंस्थामासमेत आबद्ध भएर सामाजिक सेवामा तल्लिन हुनुहुन्छ ।

बेलायत, न्यूजिल्याण्ड, जर्मनी, इटाली, फ्रान्स, पोल्याण्ड, रसिया, नर्वे, भुटान, यूके, चीन, भारत, अष्ट्रिया, दुवई, बेल्जियम, सिंगापुर, जापान, नेदरल्याण्डलगायतको भ्रमण गर्नुभएका पर्यटन सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा बैठकहरुमा सहभागि भएर अनुभव संगाल्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु