राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

न्युटन र भ्याली पब्लिकको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ७ गते, शुक्रबार १७:२३

न्युटन र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित ग¥यो । न्युटनको जितमा दिवस मगरले १० अंक योगदान गरे । अशोक विकको १३ अंक सहयोगमा भ्याली पब्लिकले नव ज्ञानभूमिलाई ३४–२० ले हरायो ।
जुनियर ब्वाइजमै एन्जल्स हार्टले स्किब्सलाई २४–१८, लालीगुराँस नेसनल एकेडेमीले स्वर्णदीपलाई २३–११ र ग्रिनफिल्डले आयोजक ग्रिनल्यान्डलाई २०–१४ ले पाखा लगाए । एन्जल्स हार्टका अनिश घलेले १०, लालीगुराँसका सर्गम गुरुङले १४ र ग्रिनफिल्डका विराज भण्डारीले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा डीबीएले दोहोरो जित आत्मासात् ग¥यो । डीबीएले पारामाउन्टलाई ४४–३३ तथा न्युटनलाई २७–२६ ले पन्छायो । डीबीएका लागि पारमाउन्ट विरुद्ध नमन काफ्लेले १३ तथा न्युटन विरुद्ध अनिश केसीले ८ अंक बटुले ।
सिनियर ब्वाइजमै हिमालयनले केभीकेएसएसलाई ७०–५६ तथा गोल्डेनपिकले जिनियस वल्र्डलाई ८३–५१ ले पराजित गरे । हिमालयनका मिङमा तामाङले २९ तथा गोल्डेनपिकका विजय तामाङले ३९ स्कोर गरे ।
सिनियर गल्र्समा फेरिल्यान्डले केभीकेएसएसलाई १९–९ तथा ग्रिनल्यान्डले सत्य साइलाई ३५–१७ ले हराए । फेरिल्यान्डकी कृतिका कट्वालले ९ तथा ग्रिनल्यान्डकी विहानी राईले २२ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु