बैंकक (थाइल्याण्ड) । लामो समयदेखि लायन्स क्लव मार्फत सामाजिक सेवा गर्दैआएका लायन्स क्लव अफ काठमाडौं फेलोसिपका इमिडेट पास्ट प्रेसिडेन्ट लायन्स राजेश हिमालय थाइल्याण्डमा लायन्स हिरो अफ द इअर २०२४ अवार्डवाट सम्मानित बनेका छन्।
लायन्स क्लव अफ काठमाडौं फेलोसिपको २०२३–२०२४ को प्रेसिडेन्ट भएको बर्षमा ९८ भन्दा बढी सामाजिक सेवा तथा गत बर्ष जाजरकोटमा गएको महाभूकम्प पिडितहरुलाई अन द स्पट पुगेर १५ लाखको हाराहारीमा राहत सामाग्री वितरण गरेर साँच्चैकै लायन्स हिरो बनेको अवसरमा थाइल्याण्डमा लायन्स राजेश हिमालय लायन्स हिरो अफ द इअर २०२४ अवार्डवाट सम्मानित बनेका हुन्।
शैली मिडिया नेटवर्कव्दारा थाइल्याण्डको राजधानी बैंककमा आयोजित बृहत सम्मानित अवार्ड कार्यक्रममा लायन्स राजेश हिमालय लायन्स हिरो अफ द इअर २०२४ अवार्डवाट सम्मानित भएका हुन्। अवार्ड कार्यक्रममा लायन्स हिमालयलाई प्रमुख अतिथि गैरआवासिय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, विशेष अतिथि कालजयी गीतका गीतकार प्रकाश कुइँकेल र रसुवाको आमा छोदिङ्गो गाउंपालिकाका अध्यक्ष बुर्चुङ तामाङले संयुक्त रुपमा लायन्स हिरो अफ द इअर २०२४ अवार्ड तथा सम्मान प्रदान गरेका थिए।
सिन्धुपाल्चोकको मेलम्ची स्थित नवलपुरमा जन्मी हुर्केर मेलम्चीकै टिपिनीमा हिमालय बस्त्रालय मार्फत कपडाको व्यापार व्यवसाय गर्दैआएका हिमालय लायन्स क्लबमा आवद्ध हुनुअघि देखि सामाजिक क्षेत्रमा सक्रिय थिए । त्यस्तै, हाल रत्न छत्र हिमालय फाउण्डेसन मार्फत विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिने कार्य गर्दैआएका छन्। पटक्कै फुर्सदमा बस्न नचाहने हिमालयको मूलभूत उदेश्य भनेकै समाज सेवा रहेको छ।
प्रकाशन मिति–२०८१ भदौ ८ गते शनिवार ।