राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

टान निर्वाचनका लागि सापकोटा नेतृत्वको समूहले गर्यो उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ८ गते, शनिबार १४:०२

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान )को आगामी दुई वर्षे कार्यकालका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनका लागि सापकोटा समूहले शनिबार उम्मेदवारी घोषणा गरेको हो । पर्वतीय एवं पदयात्रा व्यवसायीको छाता संस्था टान० को आसन्न निर्वाचनको लागि अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटा, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा भीम प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्याल्सेन लामा, छुप्ते लामा र पवित्रा तामाङ चुनावी प्रतिस्पर्धामा होमिदै छन् ।

समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटाले नीतिगत सुधार आफूहरुको पहिलो प्राथमिकता रहने बताएका छन् । सापकोटाले पदमार्गको विकास एवं संरक्षणमा लाग्ने प्रतिबद्धता जनाउदै नेपालको ६० प्रतिशत हिस्सा एडभेन्चर पर्यटनको रहेको उल्लेख समेत गरे । अध्यक्षका उम्मेदवार सापकोटाले माध्यमिक तहमा पदयात्रा पर्यटन पढाउने विषय लागु गराउन पहल थाल्ने पनि बताए । घोषणा सभामा उनले भ्याटको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण र भ्याट फिर्ता गराउन लागिपर्ने, टिम्सको रकम व्यवसाय र मजदुरको स्वास्थ्य एवं सुरक्षामा लगाउन पहल गर्ने, आइटीको प्रयोगमार्फत टानमा एडभेन्चर टुरीजमको सूचना केन्द्र विकास गरेर जाने लगायतका योजना सुनाएका थिए ।

टान निर्वाचन–२०२४ मा पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटा समूहको घोषणापत्रः

‘व्यवसायिक आवाज नीतिगत सुधार, सुरक्षित पदमार्ग पर्यटनको आधार’

१। पदयात्रा व्यवसायलाई बचाई राख्नका लागि पदमार्गहरुलाई बचाउन आवश्यक छ । पदमार्ग नै नरहे कसरी हाम्रो व्यवसाय रहन्छ रु हाल रहेका पदमार्गहरु शुरक्षित राखी थप नयाँ पदमार्ग निर्माण गर्न स्थानीय तह, नेपाल सरकार, पर्यटन विभागसँग समन्वयन गरी कार्यन्वयन गरिने छ । हालसम्म नेपाल सरकारले पदमार्गहरुलाई अपनत्व गरेको छैन । सबै पदामार्गहरुलाई राष्ट्रिय महत्वको पदमार्ग घोषणा गराईने छ ।

२ः युवा पुस्तालाई नेपालामा पदयात्रा पर्यटनको महत्व छ र यसका माध्यमबाट स्वदेशमै रोजगारी प्राप्त हुनेछ भनेर बुझाउनका लागि माध्यामिक शिक्षादेखि नै पदयात्रा पर्यटनको अध्ययन गराउने ब्यवस्था लागु गराउन पहल गरिने छ ।

३। ट्रेकि‌ङ्ग कम्पनीले पर्यटकहरुलाई सेवा प्रदान गर्दा चेन सप्लाईका क्षेत्रहरुमा भुक्तानी गरेपछि त्यस्ता क्षेत्रहरुबाट पनि अनिवार्य भ्याट बिल उपलब्ध गराउने सरकारी ब्यवस्थाका लागि ससक्त र परिणाममुखी प्रयास गरीने छ ।

४। पदयात्रास‌ँग सम्बन्धीत सबै अनुमतिपत्रहरु र हिमाल आरोहण अनुमतिका लागि भुक्तानी गर्नुपर्ने सरकारी राजस्वमा समेत लगाई राखिएको १३ प्रतिशत भ्याट फिर्ता गर्ने र अब आईन्दा सरकारी राजस्वमा भ्याट लगाउने गरेको अव्यवहारिक र अन्यायपूर्ण नियम खारेजीको लागि व्यवसायिक आवाज बुलन्द गरी समाधानको लागि अग्रसर हुनेछौं ।

५। हाल अनलाईन प्रणालीमार्फत टानमा आबद्ध ट्रेकि‌ङ्ग कम्पनीहरुले आफैं टिम्स कार्ड जारी गर्नसक्ने व्यवस्था छ । यो व्यवस्थालाई चुस्तदुरुस्त पारी कार्यान्वयन गर्ने र गाईड वा सहयोगी लिएर ट्रेकिङ कम्पनीमार्फत् मात्र ट्रेकिङ्ग जानु पर्ने व्यवस्था लागु गर्न अझै दरिलो प्रायस गरीने छ ।

६। विगतमा टिम्सबाट भएको आम्दानी रकम सम्बन्धमा टान र नेपाल पर्यटन बोर्डबीच सृजना भएका सम्पूर्ण समस्याहरु समाधान गरिने छ । हालसम्म अनेक झमेलासहित पर्यटन बोर्डले टानलाई भुक्तानी दिन आनाकानी गरीरहेको रकम र भविष्यमा टिम्सबाट आम्दानी हुने रकम समेतलाई पर्वतीय पर्यटन श्रमिकहरुको सुबिधा र सामाजिक सुरक्षा, पदमार्गहरुको स्तरोन्नती, पोर्टर सेल्टरहरुको निर्माण गर्न तथा अन्तर्राष्ट्रिय बजारमा पदयात्रा लगायत पार्वतीय पर्यटन प्रबद्र्धन गर्न टानको सिफारिस र सहभागितासहित बोर्डमार्फत नै खर्च गरिने व्यवस्था गरीने छ ।

७। निषेधित क्षेत्र बाहेक नियन्त्रीतरनिर्देशित क्षेत्रहरु डोल्पा, मुस्ताङ र मनास्लु लगायत अन्य पदयात्रा क्षेत्रहरुमा पदयात्रा गर्ने विदेशीहरुका लागि अध्यागमन विभागबाट जारी हुने पदयात्रा अनुमती पत्रका सम्बन्धमा कम्तिमा २ जना पर्यटकहरुले मात्र प्रवेश गर्न पाउने हालको व्यवस्था परिवर्तन गरी एक जना मात्र पर्यटकले पनि ट्रेकिङ कम्पनीमार्फत परमिट जारी गरेर पदयात्रा सन्चालन गर्न पाउने व्यवस्था लागु गराईने छ ।

९। कुटनीतिक नियोग, विदेशमा रहेका प्रसिद्ध आरोही एवम् पदयात्रा क्षेत्रमा कार्य गरेका सेलिब्रेटीहरुसँग समन्वय गरी ट्रेकिङ्ग तथा पर्वतीय पर्यटनको विशेष प्रवद्र्र्धन गरिने छ ।

१०। पदयात्रा पर्यटन श्रमिक र व्यवसायीहरु एक सिक्काका दुई पाटा हुन् । व्यवसायीहरु र श्रमिकबीचमा उच्च समझदारी कायम गरी व्यवसायमैत्री वातावरण निर्माण गरिने छ ।

११। हालसम्म प्रचलित २०३५ सालको पर्यटन ऐनलाई विस्थापित गर्न र नयाँ पर्यटन ऐन छिटो लागु गराउन सकृयताका साथ सरकारको ध्यानाकर्षण गराईने छ ।

१२। टिम्सबाट आम्दानी भएको रकम र दातृ निकायको सहयोगमा सगरमाथाको आधार शिविर जोग्ला, मनास्लुको धर्मशाला, मेरा बेसक्याम्प, धौलागिरीको ईटालियन क्याम्प लगायत अन्य आवश्यक क्षेत्रहरुमा क्रमशः पोर्टर सेल्टर निर्माण गरिने छ ।

१३। पदयात्रा सेवामा रहँदा जीवनको जोखिम भएमा वा अत्यावश्यक भएको खण्डमा पदयात्रा मजदुरहरुको रेस्क्यु गर्ने र उनीहरुको क्षमता अभिवृद्धिसमेत गर्नका लागि टिम्स आम्दानीको १० प्रतिशत रकम खर्च गर्ने व्यवस्थासहित पदयात्रा मजदुरको सुरक्षाको ग्यारेन्टी टानले गर्ने छ ।

१५। नियन्त्रीतरनिर्देशित क्षेत्रभित्रबाट पर्यटकहरु एवम् श्रमिकहरुको उद्धार गर्दा हाल रहेको झन्झटीलो सरकारी व्यवस्थालाई सुधार गरी यथासिघ्र उद्धार गर्ने व्यवस्था मिलाईने छ ।

१६। दुई वर्षअघि निर्वाचित भएको वर्तमान टान कार्यसमितिले सम्पन्न गरिसकेका कार्यहरुलाई संरक्षण र निरन्तरता दिँदै सुरुवात गरेर पनि पूर्णता प्राप्त भइनसकेका कार्यहरुलाई निरन्तरता दिने र उच्च प्राथमिकतामा राखी सम्पन्न गरीने छ ।

१७। टानको सचिवालयलाई पूर्णतया डिजिटल प्रणालीमा विकास गरी थप प्रविधिमैत्री बनाईने छ ।

१८। आर्थिक पारदर्शितालाई मुलमन्त्र बनाइ ‘आर्थिकरुपमा सबल टान, व्यवसायीहरुको ब्यापक सान’ भन्ने नारालाई व्यवहारिकरुपमा सफल बनाईने छ ।

१२। टानको वेवसाईटलाई नेपालको पर्यटन क्षेत्रकै प्रबिधि मैत्री र अग्रणी सूचना केन्द्रको रुपमा विस्तारित गरिने छ । सम्पूर्ण सदस्य कम्पनीहरुलाई मेम्बर लग इन पेज उपलब्ध गराइनेछ । जसबाट सदस्य कम्पनीहरुले टानमार्फत् व्यवसायिक लाभका साथ तत्काल समस्याहरुको समाधन गर्न समेत सहयोग प्राप्त गर्नेछन् ।

२०। रामेछाप एयरपोर्ट पार्वतीय पर्यटन र आजको विकल्प मात्र नभएर आवश्यकताको विषय बनेको छ । यसर्थ रामेछाप एयरपोर्टको स्तरोन्नतिसहितको भौतिक विकास र सुबिधा सम्पन्न बनाउन संघ, प्रदेश र स्थानीय सरकारहरुसँग छलफल तथा सहकार्य गरीने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु