तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको भलिबलबाट भट्ट मनोनयनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ८ गते, शनिबार २०:२६

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ)ले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

जसमा राष्ट्रिय खेल भलिबलबाट कबिता भट्ट मनोनयनमा परेकी छन् । विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्दै आएकी भट्ट हालै सम्पन्न काभा महिला नेसन्स लिगमा राम्रो पदर्शन गर्ने खेलाडी समेत हुन् । यस्तै क्रिकेटका गुलशन झा, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम मनोनयनमा अटाएको छ ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ–सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ–सेवामा गरेको मतको मतभार ५० प्रतिशत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२ दशमलव ५ प्रतिशत हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु