राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

थाइल्याण्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डवाट अवार्डेड प्रकाश कुइँकेललाई नेपालमा खुशीयाली सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ९ गते, आईतवार २१:२९

काठमाडौं। नेपाली आधुनिक कालजयी गीत लेखनमा विगत ५३ बर्षदेखि अनवरत सिर्जनारत कालजयी गीतकार प्रकाश कुइँकेल पहिलो पटक नेपाल वाहिर अन्तरराष्ट्रिय सम्मानवाट सम्मानित बनेका छन्। नेपाल वाहिर थाइल्याण्डको राजधानी बैंककमा शैली मिडिया नेटवर्कव्दारा आयोजित समारोहमा गीतकार कुइँकेललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो।

नेपाल वाहिर चुपचाप आफ्नो सिर्जनामा व्यस्त सर्जक स्रष्टा कुइँकेललाई त्यति धेरै ठूलो सम्मान प्रदान गरेको खुशीयालीमा कुइँकेल संस्थापक कार्यकारी सदस्य रहेको एकल व्यक्तित्व समाज नेपालले भारी सभामा अर्को खुशी व्यक्त गरेर खुशीयाली सम्मान प्रदान गर्ने कार्य आइतवार भएको छ।

समाजको केन्द्रिय कार्यालय काठमाडौंको घट्टेकुलो अनामनगरमा आयोजित कार्यक्रममा स्रष्टा कुइँकेललाई समाजका संस्थापक अध्यक्ष कपिल लोहनी लगायतले खादा ओढाएर खुशीयाली सम्मान प्रदान गरिएको हो।

त्यस अवसरमा थाइल्याण्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डव्दारा सम्मानित कुइँकेलले आफूले थाइल्याण्डमा पाएको अवार्डको व्यहोरा पढ्ेर सवैलाई सुनाएका थिए ।

 

प्रकाशन मिति–२०८१ साल भदौ ९ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु