दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘सानो संसार’ असोज ११ गते प्रदर्शनमा आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १० गते, सोमबार ४:५१

काठमाडौं । अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘सानो संसार’ अब असोज ११ गते (सेप्टेम्बर २७)मा प्रदर्शनमा आउने भएको छ । पूर्वनिर्धारित प्रदर्शन मितिमा हेरफेर गर्दै निर्माताले नयाँ मिति घोषणा गरेका हुन् ।

यसअघि असोज १७ गते घटस्थापनामा फिल्म ल्याउने तयारी थियो । यो फिल्मको निर्माता र ब्यानरमा अब चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले र उनको ब्यानर प्रिन्सेस मूभिज पनि जोडिएको छ ।

अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले अब यो फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् । यो फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दैछिन् ।

फिल्ममा तिमिल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । सिद्धार्थ पुडासैनी निर्देशक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु