राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

क्यानडाको आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १० गते, सोमबार ०७:१२

काठमाडौ । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ ।

निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्ट हो आमा नेप्लिज कुजिन ।

नेपाली मौलिक परिकार प्रवर्द्धन गर्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै विदेशी भुमिमा नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउनका साथै नेपालीपन र अपनत्व जोगाउन भूमिका खेलेको छ आमा नेप्लिज कुजिनले। जहाँ पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिन्छ ।

आमा नेप्लिज कुजिन रेस्टुरेन्ट संचालक शर्माको संक्षिप्त परिचय

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएर क्यानडालाई आफ्नो कर्मभूमि बनाएका शर्मा विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि नेपाली खाना र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रहेका छन्।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्स, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन। सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु