नेपाल हाप्किडो संघ,लुम्विनी प्रदेशको दोस्रो अधिवेशन दाङको घोराहीमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ११ गते, मंगलवार १७:३०

काठमाडौ ।नेपाल हाप्किडो संघ,लुम्विनी प्रदेशको दोस्रो अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ ।

दोस्रो प्रदेश अधिबेशन प्रविन पुन मगरको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव तिरन गौतमको प्रमुख अतिथि र नेपाल हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरको विशिष्ट अतिथिमा सम्पन्न भएको थियो ।

नेपाल हाप्किडो संघ, लुम्विनी प्रदेशको दोस्रो अधिवेशनले ११ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा प्रदेशको अध्यक्षमा प्रविन पुन मगर सर्वसम्मत रुपमा चयन भएका छन । यस्तै उपाध्यक्षमा त्रिभुवन बर्तौला, चन्द्र कुमारी थापा र भुमलाल श्रेष्ठ, सचिवमा अन्जली के. सी., सहसचिवमा आयुष शाही, कोषाध्यक्षमा रमेश बुढा मगर यस्तै सदस्यहरुमा सुन्दर श्रेष्ठ, पुष्प सुवेदी, डेमन हाडी र बिमल थापा चयन भएका छन् ।

लुम्विनी प्रदेशको दोस्रो अधिवेशनमा १२ जिल्लाबाट प्रतिनिधी पर्यवेक्षक प्रशिक्षक र खेलाडीहरुको उपस्थित थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु