नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुर स्थित पौैडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु भएको छ । तालिमको एक कार्यक्रम बीच नेपाल पौडी संघका अध्यक्ष जगत मान श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । तालिमको उद्घाटन गर्दै श्रेष्ठले भने आगामी बर्ष देखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन दिने छैनौं । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ । तालिम भाद्र १५ गते सम्म संचालन हुनेछ । पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजता लाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेश सहित केन्द्रमा तालिम संचालन गर्न लागिएको हो । कोशी, कर्णाली, सुदुरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा आगामी भाद्र अन्तिम देखि तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिईसकेको संघका प्रवक्ता उमेश प्रधानले बताए ।