पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

एशियन जुनियरमा नेपालबाट चार खेलाडी सहभागी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ११ गते, मंगलवार १७:४०

एशियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन् । खेलाडीहरुलाई विदाई गर्नु हुदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले देशको नाम उचाँे राख्ने गरि प्रर्दशन गर्न शुभकामना दिनु भयो ।
अगष्ट २७ देखि सेप्टेम्वर १० तारिख (भदौ ११ देखि २५) गते सम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले खेल्ने छन् । नेपालको तर्फबाट एशियन जुनियर प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुको छनौट देशभरका १७५ जना खेलाडी वीचबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । जुनियर ४६ केजी तौल समुहमा चन्दन शाही, ६० केजी तौल समुहमा शेरप गल्चेन शोर्पा, ८० केजी मा सर्यन बैद्य र ६१ केजी स्कुलमा रोमस श्रेष्ठले प्रतिष्पर्दा गर्ने महासंघका महासचिव मान बहमादुर भण्डारीले जानकारी दिनुभयो । यस्तै प्रशिक्षकमा रमेश दास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनालीले भाग लिने जानकारी दिईएको छ । टोली मंगलबार राती दुवई प्रस्थान गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु