राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

भड्किलो तीज, अश्लिल गीत, कता जाँदैछ हाम्रो संस्कृति, सभ्यता र संस्कार ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार ०४:०९

आरपी गैरे

१४ भदौं, काठमाडौं । हाम्रो नेपाली समाजमा तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्व नेपाल भरी मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ । र हाल संसारका जुन सुकै ठाउँमा रहेका नेपाली महिलाहरुले पनि मनाउँदै आएका छन । यो एक पौराणिक काल देखि चलि आएको परम्परा हो । यसपालीको तीज पनि नजिकिदै छ , अब तीज आउन धेरै दिन बाँकी छैन । तीज आउनु अघि नै हाम्रा दिदी बहिनीहरु माइतीघर, साथी भाइ, इष्टमित्र, आफन्तकोमा गएर दर खाने र तीजका गीत गाएर नाच्न सुरु गरिसकेका छन । त्यति मात्र होइन, दर खाने नाममा पार्टी प्यालेसमा जम्मा भएर परम्परालाई लत्याउदै भड्किलो र खर्चिलो पर्व मनाउँदै तीजको नाममा बिकृति भित्रायाउदै छन नेपाली महिलाहरु । पछिल्लो समयमा आएर यस्ता बिकृतिहरु मौलाउदै जानु समाजका लागी राम्रो होइन । अहिले आएर त्यही सिको गदैं गाउँ घर तिर पनि तीज पर्व भडकिलो र उत्ताउलो बन्दै गएको देखिन्छ । तीजको नाममा हाम्रो समाजमा यति बेला राम्रा राम्रा र अलि महंगा साडी, चुरा र गहना लगाउन दिदी बहिनीहरुमा होडजाजी नै चलेको देखिन्छ । यसले निम्न स्तरका समाजमा गिजाइरहेको हुन्छ । समाजमा हरेक बर्गका मान्छेहरु बसोवास गरेका हुन्छन । समाजमा कोही सम्पन्न, निम्न बर्ग र सामान्य गरिव बर्ग बसेका हुन्छन । धनी मान्छेको रवाफ र भडकिलो आउ भाउ र उठवस गरिव बर्गलाई पिरलिरहेको हुन्छ । त्यसैले गरिव र धनी बीच भिन्नता देखाएको हुन्छ । आज देशको आर्थिक अबस्था पनि त्यति राम्रो छैन । शहर बजारका पसलहरु सुन सान छन । पहिला जस्तो बाक्लो भिडभाड नभएको देखिन्छ । हुन त चाड पर्व मनाउनुको नाममा त्यति भडकिलो बनाइनु राम्रो मानिदैन । बिगतमा कहिले काही बियरको बोत्तल र वाइन पिउदै हाम्रा दिदी बहिनीहरु नाच्ने र गाउँने गरेका दृष्यहरु पनि नदेखिएका होइनन् । यस पाली त्यस्ता दृष्यहरु देख्न नपरोस् भन्ने हो । तर यसपाली पनि गत बर्ष झै त्यस्ता तीज गीत र दृश्यहरु दोहोरिनु दुखद पक्ष हो । एक दुई महिना अघि देखि तीजका गीतहरु बजारमा सार्वजनिक भएका छन र अझै केही सार्वजनिक हुदै होलान । बजारमा आएका केही गीतहरु राम्रा र सन्देश मूलक पनि छन । तर केही तीजका गीतहरु अघिल्लो बर्ष जस्तै यस बर्ष पनि बुवा, आमा संग संगै बसेर हेर्न र सुन्न नसकिने खालका आएका छन । बिकृति र बिसंगती निम्त्याउने खालका गीतमा सरकार र सरोकारवाला निकायहरुले अनुसन्धान गरी त्यस्ता गीत सार्वजनिक गर्नेहरुलाई कानुन अनुसार कारवाही गर्नु पर्ने आबश्यकता देखिदै आएको छ । यो बिकृति केहि बर्ष अघि देखि मौलाउँदै आएको हो । मौलिकपन र परम्परागत रीतिरिवाजमा सून्यता छाएको आभास हुन थालेको छ । आज भोली युट्युवमा राखिएका गीतहरु बजाउने र त्यसैमा रमाउँदै नाच्ने चलन हवात्तै बढेर गएको छ । प्रत्यक्ष दिदी, बहिनीहरुले आफैले गाउँने र नाच्ने चलन हराउँदै गएको छ । आज भन्दा धेरै पहिला हाम्रा दिदी ,बहिनी र आमाहरु आफै गीत गाउँदै नाच्दै गरेको सम्झना अझै ताजै छ । त्यति बेला आज भोली जस्तो छाडा गीत गाएर नाचेको देखिएन र सुनिएन पनि । त्यति बेला एक आपसमा दुःख सुखका गीत गाएर नाच्ने चलन थियो । अहिले त्यो हराउँदै गएको छ । तीज एक सांस्कृतिक तथा धार्मिक चाड हो । यसमा पार्वतीले महादेव पति पाउँ भनेर ब्रत बसेर त्यसैकै फलस्वरुप महादेव पाएको जनबिश्वास छ र अझै पनि गरिन्छ । यसैको आधारमा तीजमा ब्रत बस्न थालिएको मानिन्छ । हाम्रो समाजमा बिवाहित महिलाहरुले आफना पतिको चिरायुको कामना गदै ब्रत बस्ने चलन अझै कायम नै छ । र अबिवाहिता छोरी चेलीले सुयोग्य बरको आशा राखी ब्रत बस्छन् । यस चाडले धर्म, संस्कृति र परम्परालाई आत्मसात् गरेको छ । हाम्रा छोरी चेलीहरु तीजमा माइत जाने चलन छ । आज भन्दा धेरै अघि संचार क्षेत्रको बिकास नहुदै माइती पक्ष आफना चेलीहरुलाई लिन उनीहरुका घरमा जाने चलन थियो । यति बेला संचार क्षेत्रले फड्को मारिसकेको अबस्थामा आफना दिदी बहिनीहरुलाई फोन गरेर निम्तो दिने चलन आएको छ । हाल आएर तीजका गीतहरुमा छाडा, अश्लिल र सुन्न र हेर्न नसक्ने खालका तीज गीतहरुको बजारमा मारामार छ । युट्युवमा धेरै भ्युज बढाउन र पैसा कमाउने होडबाजीमा त्यस्ता गीत सार्वजनिक भइरहेका छन । कोही कलाकारहरु आफू चर्चित हुन पनि त्यस्ता छाडा गीतहरु निकालेर भाइरल बनिरहेका छन । सरकार के हेरेर बसेको होला ? यस्ता खालका गीतहरुले हाम्रो परम्परागत संस्कृति माथि धावा बोलीरहेका छन । छाडा र बिकृत गीतहरुको श्रृखंला अझै रोकीएको छैन । यो कहिले सम्म कायम रहला ? मनोरन्जनका नाममा अघिल्ला बर्षहरुमा पनि यस्ता गीतहरुले बजार तताएका थिए । तर यस्ता गीतलाई राम्रो मानिदैन । हाम्रो समाजले यस्ता गीत पचाउन नै सक्दैन । तीजका गीत भनेको त माइती घरमा माइतीहरु संग संगै बसेर हाँसो र खुसी दुख र पीडा साट्दै गाउँने गीत हुन । हाल बजारमा आएका कतिपय गीत मौलिक पहिचान झल्किने खालका नभएर अश्लिल छन । त्यसैले कता जाँदैछ हाम्रो संस्कृति, सभ्यता र संस्कार प्रश्न उठिरहेको छ । हाम्रो संस्कृति, सभ्यता र संस्कारलाई बँचाउनु हामी सबैको कर्तव्य र दायित्व हो । बजारमा आएका छाडा गितहरुलाई प्रतिबन्ध लगाउनु पर्छ र रच्नेलाई कारवाही गर्नु पर्छ । त्यसो भयो भने मात्र हाम्रो परम्परा र संस्कृति जोगिन सक्छ । अब हामी सबैले परम्परागत चाड पर्वलाई पहिचान दिने खालका गीतहरुलाई मात्र प्रोत्साहन दिनु पर्छ । लेखकः संवाद क्लव नेपालका अध्यक्ष हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु